एमटियु
स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?
कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने नपाउनु हो। रोजगार अनुमति प्रणाली(इपिएस) मा कम्पनी परिबर्तन गर्नका लागि रोजगारदाताले अनुमति दिनुपर्दछ। रोजगारदाताले श्रमिकलाई कम्पनी परिबर्तन गर्न अनुमति दिएन, रोजगारदाता सहमत भएन भने कम्पनी परिबर्तन गर्न असम्भव छ। कोरियन सरकारले प्रवासी श्रमिकलाई मात्र यसो गरिरहेको छ । प्रवासी श्रमिकलाई मानिस वा श्रमिक होइन बल्कि एकचोटी प्रयोग गरी फाल्ने सामान जस्तो सोचिरहेका छन्। प्रवासी श्रमिकलाई कामफुर्सदमा