किसन गौतम
महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कोरियाबाट १४ लाख रुपिया बराबरको आर्थिक सहयोग
सौल, कोरियामा कार्यरत केहि जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु .१४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेका छन् । आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को पहलमा संकलित उक्त रकम अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेको बिसेष रोहबरमा शुक्रबार राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका समाजसेवी महाबिर पुनलाई हस्तान्तरण गरिएको हो । बैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्नेफुर्सदमा
कोरियाको जनसंख्या ५ करोड नाघ्यो ,युवाको भन्दा बृद्वको संख्या बढ्दो
सउल पछिल्लो जनगणना अनुसार कोरियाको जनसंख्या बढ्दो क्रममा रहेको कोरियान संचारमाध्यमले जनाएको छ । बुधबार प्रकाशित सरकारी तथ्यांक अनुसार यहाको जनसंख्या ५१..०७ मिलियन अथवा ५ करोड भन्दा माथि पुगेको छ । यो अनुपात यसभन्दा पहिला सन् २०१० को तथ्यांक भन्दा २.७ प्रतिशत बढि हो । औसत एक स्क्यार किलोमिटर बराबर ५ सय ९ जनाको जनसंख्याको चाप रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै सबैभन्दा धेरै ४९.५ प्रतिशत जनासंख्या राजधानी सोलमा रहेको उल्लेख छ भने दोस्रोमा २४.४ प्रतिशत ख्यान्गीदोमा र सबैभन्दा कम दक्षिणी ग्याङ्सांङ्ग प्रान्तमा ६.५ प्रतिशत छ । उक्त तथ्यांकले १४फुर्सदमा
प्रत्यक्ष गायनमा रमे गुल्मेली तिज
सुवन समस्त हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कोरियामा रहेका गुल्मेली हरुले भब्य रुपामा तीज पर्व मनाएका छन् । कोरियाको राजधानी सोल देखि करिब एक सय किलोमिटर टाढा सुवन सहर स्थित नारायणी प्यालेस नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको उक्त तीज बिसेष कार्यक्रममा कोरियामा रहेका उल्लेखनीय नेपाली हरुको सहभागिता रहेको थियो । दिउसो १ बजे देखि सुरु भएको उक्त तीज बिसेष कार्यक्रममा चरित्र बिष्ट ,रमिला गौतम ,तारा तिर्सना लगाएतका कलाकारहरुले आफ्नै मौलिक शैलीमा तीज गीत गाएर उपस्थित सबैलाई भरपुर मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा महिलाभन्दा बढी पुरुषको उपस्थित रहेता पनि रमितेफुर्सदमा