कृष्ण कुमार राई
३३किलो सुन
कविता/ देशको मुटुमा हजुर आमाको सपुत नाङ्गो नाच्दै गर्दा ग्लामरको उपमा पाएका भाग्यशाली मामा आलोचनाको आगोहरु दन्किन थाले पछी निभाउनमै ब्यस्त हुन थाले नदेखाउने कुरा देखाएपछि रहस्यहरु खोतल्दै गए पछी शन्काको हावा हुरिमा हुर हुर्ती आलोचनाको भ्वारो फैलिने नै भयो इज्जत मैलिने नै भयो गर्न नसक्ने कुरा गर्न सक्छु भन्दा सकिन भने झुण्डी मर्न सक्छु भन्दा उदाङ्गिने भयो नैतिकता गर्न नसक्दा मर्न नसक्दा खोला पारी तर्न नसक्दा हजुर आमाको सपुतहरु लाजको सिरक ओढी पुसमाघको जाडो काट्न थाले हजुर बुवाको तीन जना श्रीमतिहरु तिनै हजुर आमा बाट जन्मिएका मामाहरु आ आफ्नैफुर्सदमा
शहर संगै रहर
कविता : शहरहरु रहरहरु लहरहरु प्रहरहरु जोडिदैछ्न एक अर्कामा त्यसैले होला शहरहरु भिड्भाड छ लहरहरु प्रहरहरु तछाड माछाड छ मानिसको हुल हुलहरुमा! शहर जस्तै रङ्गिन सपना झिलमिल तिलपिल अग्ला अग्ला गगन चुम्बी घर झैं ठडिन्छ चाहानाको स्तम्भहरु सजिन्छ यस भित्रको झकिझकाउ जस्तै चाहनाको दराज यस भित्र कैद छ कोठाको भित्ता भित्तामा महङ्गा महङ्गा हिराको उपहारहरु मार्बलै मार्बलले छापिएका भुइ झै कती हो कती अमुल्य छ सपनाहरु चाहानाको सिढी चढि माथि माथि सगरमाथा उक्लिने सपनाले ऐथन पर्छ सपनाको सिरक ओढी गुट्मुटिएको बिस्तारा न्यानो न्यानो चाहानाको स्पर्शले अनन्दमय महशुस गराइदिन्छ अन्तस्करणलाई !रफुर्सदमा
कोरियामा आत्महत्या र मेरो बुझाई
कोरिया नेपालिहरुको अकार्षक वैदेशिक गन्तव्यको रुपमा पछिल्लो समयमा स्थापित भएको सर्वबिदितै छ । अहिले लगभग ३४हजार भन्दा माथी नेपालिहरुले आफ्नो आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन् भन्दा अतियुक्ती नहोला । एउटा सामान्य परिवारमा नेपालमा हुर्केको मान्छे लाख सम्म कमाउने अवशर पक्कै कोरियाले दिएको छ तर यस भित्रका कठिनाइहरु प्राय: कम नेपाली दाजुभाई दिदी बैनिहरुले सोचेर कोरिया प्रवेश गरेको हुन्छ । यस्को उदाहरण पछिल्लो आत्महत्या प्रकरणले स्पष्ट पारेको छ । यो कुरा नेपालिहरुको लागी बिकराल रुप लिदै गएको छ । यस्को निराकरण समयमा खोजिएन भने यो समस्या झन झन बड्दै जाने अवस्था देखिन्छ यस्को लागी नेपालफुर्सदमा
हजार हजारको नोट अा’को छ
-कविता नेपालमा भोट सकियो रे! अाश्वानको बोट सकियो रे!! हजार हजार नोट सकियो रे!!! नारा जुलुस चर्किन्छ! सत्ता अब कता फर्किन्छ!! घाम लाग्छ कि पानी दर्किन्छ!!! जनता अलमल्ल! जित्नेको जिन्दगी झलमल!! मतगणना जारी! कस्को पल्ला भारी!! उस्कै बढ्छ जिम्मेवारी!!! जिम्मा पाउला काम गर्ला नगर्ला! बिकासको गति अघि सर्ला नसर्ला!! त्यो त भोलीको कुरा हो! बन्दुकको गोलीको कुरा हो!! बन्दुक को गोली उछिट्टीए पछि भेट्न गाह्रो पो हुन्छ होे कठै त्यसरी नै नेताहरु हराए भने अर्को भोटफुर्सदमा
नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया
गजल कृष्ण कुमार राई असह्य पिडा र दुख्ने घाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया सुन्दर सपना खोज्दै अा’को परदेशीलाइ शिरमा हैन सधैँ सधैँ पाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया सुति मर्छ लडि कोहि झुण्डि मरिराछन किन यस्तो धेरै सस्तो भाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया मिठो सपना क्षणभरमै लास बनाएर ज्यानै लिइ मुर्दा भइ जाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरिया एउटा गरिब धनि बन्ने धोको लात मारि जिन्दगीभर दुख गरी खाउमा राख्यो कोरिया नेपालीको ज्यानलाई दाउमा राख्यो कोरियाफुर्सदमा
बरफको सन्तान भएर
कविता जाडोको बाउ जाडोको माउ सबै कोरियामा थुप्रीन्छ मङ्सिर पुस माघ महिनाहरु बरफ भएर दिनरात गुजारिन्छ! युवाहरु काममा जोशले खट्न बाध्य हुन्छ्न बरफको सन्तान भएर यै मौसममा कोरियन सोजु मेग्जु पिएर जाडो हटाउन खोजिन्छ! साथी पनि पिउने नै रोजिन्छ!! स्वस्थ्यको लागि खराव भए पनि दवाइको लागि चढाइन्छ मुख हुँदै पेटमा एक रति जाडो पक्कै हटाउछ ! एक रति गफ पक्कै बढाउछ !! कोरियाको सोजु मेग्जुको कमाल ले कहिले कहिँ त बबालै पो हुन्छ सोजुको रातो बिर्को हरियो बिर्को मेग्जु क्यानको बिर्को जम्बोको बिर्को कम्पनिमा खेल्ने हातले खोली गिलासमा चढाए पछिफुर्सदमा
नयाँ साल आउने अरे
गजल , पुरानालाई छाडी नयाँ साल आउने अरे बूढो हुने खुशिमा मीठो गित गाउने अरे च्यातिने भो पुरानो नयाँ पात्रो चाहियो नयाँ पात्रो किन्नलाई बजारै पो धाउने अरे उमेर च्यातिदैछ पुरानो पत्रीका सरि तर नयाँ सालमा उमंग र उत्साह छाउने अरे भन्दै थियो साथीले नयाँ साल नयाँ सोच यै सालमा कसैसंग माया प्रीती लाउने अरे खशिहरु रितिए छन पुरानैले दुखाई दिदा दुखे पनि नयाँ सालमा नयाँ सोच पाउने अरे आहाले ३ हर्दिया हाल दक्षिण कोरिया
सम्झना बन्छ
गजल यादहरु गरेर सम्झना बन्छ यहाँ कोइ मरेर सम्झना बन्छ फक्रीनु फुल्नु झर्नुमा दोष कस्को फुलहरु झरेर सम्झना बन्छ भुली नसक्नु हुन्छ केही क्षण कठै खोलाहरु तरेर सम्झना बन्छ एकै ठाउँ रहन्न चल्छ घडीको सुइहरु ठाउँहरु सरेर सम्झना बन्छ दिन रहन्न त रात कसरी रहन्छ यहाँ रातहरु परेर सम्झना बन्छ फूल फूल्नुको त्यति याद नहोला कतै बास्नाहरु छरेर सम्झना बन्छ सुरमा गएर मिठास गित अनि धुनको स्वरहरु खरेर सम्झना बन्छ आहाले ३हर्दिया धनकुटा हाल -दक्षिण कोरिया
दोङ्देमुनको बजारैमा
कोरियाको दोङ्देमुन बजार (सिजाङ)मा धेरै नेपालीहरु भेटिए । झट्टै हेर्दा काठमाडौ जस्तै लाग्ने आ आफ्नो धुनमा मस्त, कोहि फोटो खिच्ने ध्यानमा कोहि गफ गाफको सुरमा । कोहि आफन्त खोज्ने सुरमा कोहि के कोहि के गर्ने सुरमा । नेपालीहरुको भिड देख्दा नेपालको आधा भन्दा युवा बिदेशमै रहेछन् भन्ने बास्तबिकता मेरो दृश्यमा कैद भएरहेको थियो । अग्लाअगला मानव निर्मित भवनहरु खडा थियो त्यो भिडहरुको सामु । म पनि त्यो भिड्मा हराई रहेको थिएँ । साथी भाईलाई भेट्घाट हुने औडा खुशिमा यो मन निकै प्रफुल्लित अवस्थामा तरंगित भैरहेको थियो । मानौ, असार महिनाकोफुर्सदमा
नबुझ्दै सकिएको कथा
लघुकथा सडकको छेउको एउटा पेटिमा सानो टोकोरी लिएर एउटि नारी भिख माग्दै थिइन । बोलिमा मलिम स्वर हातखुट्टा हल्का लुलो जस्तै देखिने कुनै नारी थिइन उनी ।सडकको चिल्ला गाडी कारहरुको हुँइकाई! कोहि दयालुको नजरमा परे एक दुई रुपैयाँ दान पाउथिन उन्ले सन्सार पनि बिचित्र कोहि दुखी कोहि सुखी कोइ कस्ता कोइ कस्ता आज म सधैं झैँ क्याम्पस गएर फर्किदै थिए फेरि त्यो असहय नारिलाई देखे । मलाइ सधै कौतुहलता बढिरह्यो त्यो नारी को हुन किन यस्तो अवस्थामा उनी जीवन भोग गरिरहेछिन भनेर मेरो मानबिय सम्बेदनाले सधैं झस्काइरहन्थ्यो । सदा झैँ त्यैफुर्सदमा