खिम बहादुर बुढाथोकी
दोहोरी
कविता : देख्दैछु, नेताजीहरू सदनमा गोटीजीहरू सामाजिक सञ्जालमा दोहोरी खेल्दैछन्। हेर्दै छु तमासा, कहिले सदन तातेको कहिले सडक बलेको। के हुँदै छ, अहँ, कसैलाई पनि थाहा छैन। तर पनि, के देखेर हो कुन्नि कुकुरहरू भुक्दैछन्। कहिले काँही त भुक्ने कुकुरहरूलाई प्वाक्क ढुङ्गाले हानेर जिस्काउन मन लाग्छ। तर सोच्छु, ढुङ्गाले हानेर बसियो भने त भुक्ने कुकुर र ढुङ्गाले हान्ने कुकुरमा के नै फरक हुने भयो र! अनि चुपचाप आफ्नो बाटो हिड्छु। सम्झदा पनि हाँसो लाग्छ, कुकुरहरूको झगडामा जित्ने पनि कुकुर नै त हो नि!….
मानव बस्तीहरूमा
कविता : अचेल त मानव बस्तीहरूमा अचम्म अचम्म हुन थालेछन्। कलियुगको कमाल होला सायद यहाँ ठगहरु नै ठगिन थालेछन्। चोरहरूको नै चोरी हुन थालेछन्। लुटेराहरू नै लुटीने बस्तीहरू पो बन्न थालेछन् अचेल। त्यसैले होला, विभिन्न मिडियाको ढोल बजाउँदै,सामाजिक सञ्जालहरुको टोल गुन्जाउँदै,ठगले नै अर्को ठग देखाउँदै, चोरले नै अर्को चोर बताउँदै,फलानोले मलाई ठग्यो भन्दैछन् ठूला ठगहरू। मेरो चोरी भयो भन्दैछन् चतुर चोरहरू। हो, जो चोर उसैले ठूलो स्वर गर्दैछन् बस्तीहरूमा अचेल। भ्रष्टहरू भ्रष्टाचारको आकार बढाउनलाई,भ्रष्टाचार शब्द नै मन्त्र जपी जपी आफ्नो भ्रष्टाचार लुकाउनलाई तल्लीन देखिन्छन् अचेल। हो, यी भ्रष्ट कुकुरहरूलाई आफ्नोफुर्सदमा
“किन आउँछ यो दशैं “
कविता, किन आउँछ यो दशैं कसैको दशा बनेर। अनि जान्छ यो दशैंकसैलाई आँशुको उपहार छोडेर। गरिबलाई पीडा दिएर। छोडी जान्छ यो दशैं अन्नको भकारी रिट्टो पारेर। गरिबको रोदनगरिबको बेदना गरिबको चित्कार कसले पो सुन्छर! आशिष्हरू आउँछन्,शत्रु जति सबै नाश होस् भनेर। तर विडम्बना पशु पो नाश भए बली भएर। रगत र पसिनाले साटेको त्यो चामल टाँसिन्छ निधारमा टीका भनेर। गरिबको लागि ऋणले चलेको यो दशैं ऋण तिर्न नसके बढ्छन अरू शत्रु बनेर। त्यसैले,किन आउँछ यो दशैं कतिलाई दशा बनेर!
फेसबुके नशा
कविता : फेसबुकमा त सबै हिरो जिउने जीवन जिरो राम्रा कुरा जान्दैनन् गर्छन् मेरो तेरो साँचो कुरा भन्नै हुन्न हुन्छन् रातो पिरो चर्पी सम्म चलाउने नेट कोई फेसबुके किरो !! हुन्छन् कोही कमेन्टस् अनि लाईकका भोका पाल्छन् मनमा पिरै पिरका पोका फेसबुकमा नै हुन थाले झूठो प्रेम र धोका !! पोख्छन् कोही मनका पिडा बनाई कविता र कथा कस्को व्यथा कस्लाई के था फेसबुके नशा यो जतातता थोरै गर्छन् राम्रा कुरा नराम्रा भए अति भाइरल बने कमिला नै हात्ती भन्दा बढि !!
“मेरो देश, मेरी आमा”
कविता : माफ गर मेरो देश, मेरी आमा म भुले नराम्रो त्यो नशामा तिमी बाँच्यौ मेरै आशामा म बाँचे कुसंस्कारकै संसारमा !! धेरै दिए दुख, धेरै रोयौ तिमी अन्याय अत्याचार अति सह्यौ तिमी साक्षी छ इतिहास अमर रह्यौ तिमी बीर गोर्खाली जन्माउँदै बाँच्यौ सधैं तिमी !! हिमाल पहाड तराई मिली बन्यौ तिमी कहिल्यै नडराई अटल रह्यौ तिमी दुख जति सबै लुकाई बाँच्यौ सधैं तिमी अग्ला सारा हिमाल देखाई हाँस्यौ सधैं तिमी !! प्रकृतिको उपहार राख्यौ सबै सजाई ममताकी खानी तिमी छैनन् कोही पराई सन्तति जति बीर भई जिते सारा लडाईफुर्सदमा
अमूल्य यो जिन्दगी
कविता छ हामीमा ज्ञानको पानी कति आधा भरिएको त्यो गाग्रो जति त्यसैले कराउछौ अहो ! उफ्री उफ्री जान्ने जनाउन भयो हर्कट अनेक अति खैं कहिले बन्ला हाम्रो यो बिग्रेको मति !! देख्यौं सधैं यहाँ एक अर्कालाई कपटी किनकी हामीमा मनमा थियो जो छट्पटी भुल्यौ हामी यसरी हिलो देखी भई खटपटी फुले त्यै हिलोमै टेकी कमल फूल बनि कति उठे यै धर्तीमै टेकी बने महामानव कति !! न गर्यौ तिमीले अलिकति अरू प्रगति न त गर्न सके मैले कतै केही प्रगति मात्र बुझ्यौ यहाँ एकअर्कालाई कपटी यसरी नै बित्यो अहो !फुर्सदमा
“ईपिएस” थोरैलाई लाभ, धेरैलाई तनाव।
ई. पि. एस. अर्थात् रोजगार अनुमति प्रणाली गणतन्त्र कोरियामा रोजगारीको लागी प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न प्रतिबद्ध रहे पनि यो प्रणालीबाट थोरैले लाभ लिदै र धेरैले तनाव झेल्दै आइरहेको कुरा सर्व विदितै छ। ई. पि. एस. कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले समाचारहरुमा बारम्बार ई। पि। एस। को वास्तविकताबारे जानकारी गराउनु भए जस्तै भाषा परीक्षामा पास हुने जति सबैले कोरियामा रोजगारीको अवसर नपाउने निश्चित प्रायः छ। यो व्यवस्थित एवं पारदर्शी प्रणालीले गर्दा सन् २००८ देखि नै हजारौं नेपाली युवाहरूले आर्थिक क्षति सँगै मानसिक तनाव पनि भोग्नु परेको तितो यथार्थफुर्सदमा