गणेश पाण्डे
‘भाग्यले बाँचेकाहरु’ युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा
काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ । युरोपियन मुलुक स्वीजरल्याण्ड, इटाली, जर्मनी, स्लोभाकिया, पोल्याण्ड, बुल्गेरिया, फिनल्याण्ड, स्लोभानिया र नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ प्रतिस्पर्धाका लागि छनौट भएको हो । स्वीजरल्याण्डको ड्याब्लोरेमा हुन लागेको अति नै प्रतिष्ठित ४७ औँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल, ड्याब्लोरेमा नेपालबाट ‘भाग्यले बाँचेकाहरु’ मात्र छनौट भएको छ । यो फेस्टिबल अगष्ट ८ देखि १३ सम्म हुनेछ ।फुर्सदमा