जीवन खत्री
किन चढे? गायक कस्तुप गैरे, ‘चिलाउनेको रूखमा’
जीवन खत्री काठमाण्डौ – झण्डै ५ वर्ष कोरिया बसेर फर्किएका कवि तथा लेखक कस्तुप गैरेको पछिल्लो समय परिचय थपिएर गायक पनि भएको छ । उनले भर्खरै मात्र लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् । सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र स्वयम् गायक गरैको अभिनय रहेको छ।
कोरियामा कविता वाचन र काव्य पुरस्कार
सौल, हिउँको चिसो गम्सा बेरेर बसिरहेको राजधानी सौललाई आईतबार चार युवाकविले आफ्ना कविता सुनाएर न्यायो प्रदान गरे। अन्तर्राष्ट्रिय साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको ‘काव्य सुधा’ नामक कविता वाचनमा कविहरू जीवन खत्री, प्रमोद सारङ्ग, बोनम प्रताप र यल्जी विवसले आफ्ना उत्कृष्ट पाँच पाँच कविता सुनाए। अनेसासका उपाध्यक्ष बलदेव भट्टराईको उद्घोषणबाट शुरु भएको कविता वाचनमा कार्यक्रममा संयोजक सरोज सर्वहाराले कार्यक्रमबारे प्रकाश पार्दै अतिथि र कविहरुलाई स्वागत गरेका थिए। काव्यसुधाको पहिलो खण्डमा चार कविहरूले कविता वाचन गरे। “जहिले देखि थाहा पाएँ, बक्रा र चिसाङ खोलाभन्दा क्षितिज टाढा छ जिन्दगी जटिल त्यँहीफुर्सदमा
कोरियाको चिसोमा एउटा न्यानो साँझ
घडीमा साँझको छ बजेर तीन मिनेट ४१ सेकेन्ड जाँदा मैलै बुफ्याङ सहरको जमिनमुनिबाट गुड्ने ट्रेन स्टेसनमा आफूलाई पुर्याएँ। र, हतारहतार ट्रेन कुर्ने पहेँलो लाइनमा उभ्याएँ। बुफ्याङ दक्षिण कोरियाको व्यस्त सहर इन्छनलाई एउटा ठूलै बजार भन्दा हुन्छ। अहिलेलाई यत्ति बुझौँ। र, यो पनि बुझौँ कि मलाई यहाँबाट ट्रेन चढेर सउलनजिकै रहेको अर्को चर्चित सहर दोङ्देमुन पुग्नुछ। दोङ्देमुनमा तपाईं जुन कुनैबेला हिँड्नुस्, तपाईंको ६ जनासँग कुम जुध्दा तीन जना नेपाली पर्छन्। त्यति धेरै नेपालीको जक्सन हुने थलो हो त्यो। ‘दोङ्देमुन मात्रै?’ कसैले सोधे भने! ‘आन्सान पनि हो।’ मैले यति नभनेर सुखै छैन।फुर्सदमा
माहुरी जिन्दगी
नेपाली राजदूतावास, दक्षिण कोरियाले गत आइतबार आयोजना गरेको कविता प्रतियोगितामा कवि जीवन खत्रीको प्रथम भएको कविता माहुरी जिन्दगी घारको चाका रित्तो देखेको दिन आफ्नै मुटुको रङ निचोरेर मुछेको हुँ, आँशुमा अक्षता र निधारमा लगाएर आफ्नै माटोको टिका उडेको हुँ, फूलबारी खोज्दै। सोचेथेँ, बगाउनेछु, रगतझैँ पसिनाको नदी जमाउनेछु, थोपा थोपा फूलको रस र भर्नेछु, घरको घारभरि महको उज्यालोले जब ओर्लिएँ यहाँ, मलाई ल्याउने हावाको बिमानबाट तब देखेँ, नुनिलो आँशुनै आँशुको सागर रोबटको जाँघेमुनिबाट उदाउदैँ गरेको घाम अत्तर छर्केर फुलिरहेका कागजका फूलहरू मेशिनको मुटु लिएर बाँचिरहेका मानवहरू हो त्यही समय हो, आकाशबाटफुर्सदमा