डा. सूर्यराज आचार्य
यसरी भयो कोरियाको विकास
दक्षिण कोरियाको विकास इतिहास पनि यस्तै देखिन्छ । झ्वाट्ट हेर्दा सोल–बुसान राजमार्ग एउटा आयोजना जस्तो मात्रै हो भन्ने लाग्छ । तर यही ४ सय २८ किमीको सोल–बुसान सडक निर्माणपछि कोरियाले विकासमा ठूलो फड्को मार्यो । त्यो फाष्ट ट्रयाक बनाउने समय अर्थात् सन् १९६७ मा नेपाल र कोरियाको आर्थिक अवस्था उस्तै उस्तै थियो । शुरुमा उनीहरुले विश्व बैंकलाई आयोजनाका लागि बोलाए । बैंकले तिमीहरुका लागि यत्रो बाटो अनावश्यक हो भन्दै दुईतर्फबाट मोटर पास हुने तर दुई लेनभन्दा सानो सडक बनाउन सुझाव दिएको थियो । बैंकले सानो सडक बनाउने हो भने पनिफुर्सदमा