डिआर लामिछाने
रेमिट्यान्समा र्याल काट्ने सरकार
बैंकिङ च्यानल मार्फत पैसा नपठाए विदेश जान नपाईने भन्ने सरकारको निर्णयमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भयो । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिना सर्त उन्मुक्ति दिएको तर विवसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्थ्यो । केहीले सरकारले युवाहरूको पीरमर्का र समस्याहरु सम्बन्धमा कुनै चासो नराखे पनि रेमिटेन्समा मात्र र्याल काढेको भन्दै आक्रोश पोखिरहेको पाएन्थ्यो । सरसर्ती हेर्दा यो आक्रोस अस्वभाविक पनि थिएन, दुखका साथ भन्नुपर्दा अहिले वैदेशिक रोजगारीबाट भित्रिने लाखौं युवाहरूको रेमिट्यान्सले नै देशको अर्थतन्त्रको साख जोगाइरहेको छ ।फुर्सदमा