दावा शेर्पा
यसो गरे कसो होला ?
दावा शेर्पा राष्ट्रिय अविष्कार केन्द्र्र हाम्रो मानव समाजले सभ्यतामा जतिको फड्को मारेको छ यदि भौत्तिक अविष्कार नभई दिएको भए यो संभव हुने थिएन। आज जति पनि विकसित राष्ट्रहरु छन् ती देशहरु भौत्तिक अविष्कारको सहायताले नै आज विकसित राष्ट्र भएका छन् भन्दा कसैको दुईमत नहोला। एकाईशौं शताव्दिले नेटो काट्न लागि सकेको छ तर विडम्बना हाल सम्म हाम्रो मुलुक मा एउटा अविष्कार केन्द्र समेत स्थापना हुन सकेको छैन। आर्थिक अवस्था सवल भएका र क्षमता भएका डक्टर, वैज्ञानिक र ईन्जिनियरहरु त विदेशी भुमिमा विदेशलाई प्रगतिको बाटोमा लैजान बाध्य छन्। क्षमता भएर पनि आर्थिकफुर्सदमा