धरती कल्पना
आत्माहत्याको बाटो किन रोज्छन् मान्छे ?
त्यो रात जिन्दगीमा कहिल्यै नदेखेको सपना देखें।उसो त सपनाको पछि लागेर आफ्नो दिन न्यास्रो पार्ने खालको मान्छे म हुँदै होइन तर किन- किन यो सपनाले भने दिनै भरी बिचल्लित बनाई रह्यो।हुन त यो प्रदेशको ठाउँ हो।सुनसानमा एउटा सुकेको पात मात्र सर्लक्क झर्यो भने मन आत्तिन्छ।के भयो ? कसो भयो ?यस्तै यस्तै अनेकानेक कुराहरु खेल्छन। सपना निकै कहालीलाग्दो थियो।आकाशमा उड्दै गरेको बडेमानको जेट आँखै अगाडि स्वाट्टै खस्यो।म आत्तिएर त्यसमा यात्रारत घाइते यात्रुहरुलाई बचाउन दौडदै थिएँ तर मलाई त्यो विमान नजिक जान दिएनन प्रहरीको गस्ती टोलिले।मेरो एउटा घोडा थिएछ।त्यस्ले पो घाइते यात्रुहरुलाईफुर्सदमा