धिरज चौधरी
कोरियाको चिसोमा सोनसिकको शैक्षिक गोष्ठी
केहिदिन अघि त्रिभुवन विश्वविध्यालयको बयालिसौँ दीक्षान्त समारोह भब्यताका साथ सम्पन्न भयो । दीक्षित सबैजना उल्लासका साथ आफु दीक्षित भएको कुरा फेसबुक, टुइटर लगायतका सामजिक सन्जालमा पोस्ट्याईरहेका थिए । सगँसगैँ केही ब्लगरहरुले दीक्षित पछिको अन्यौलता पनि ब्लग्गिङ गर्न भ्याए । हुन त त्रिविको दीक्षान्त समारोह बासी भात हसुरे जस्तै हो । त्रिविको शैक्षिक प्रणाली नै त्यस्तै छ । परीक्षा हुन्छ । परीक्षाफल प्रकाशित हुन्छ । विध्यार्थीहरु उत्तीर्ण हुन्छन् । पास भएको एक वर्ष पछि बल्ल उक्त विध्यार्थीका लागि दीक्षान्त समारोह आउँछ । धेरैले त बिर्सिसकेका हुन्छन् । धेरैले पत्तो पाउदैनन्फुर्सदमा
रेस्टुरेन्ट गफ
कथा/ सधैँ कुनै न कुनै अड्चन् । कोरियामा मानिसको जीवन व्यस्तताको पर्याय बनिसक्यो । यूजिनले गाली पनि गर्थिन् ‘धेरै काम नगर । तीन, चार वर्ष त हो कोरिया बस्ने तिमी । कहिलेकाहीँ कोरियाको सौन्दर्यपान पनि गर ।’ हुन पनि हो । कहिले फुर्सद नहुने । सायद यो देश यति छोटो समयमा विकसित हुनुमा यिनै बेफुर्सदिलो मानिसहरुको देन हुनसक्छ । यूजिनले कचकच गर्नुको अर्को कारण पनि थियो । तिनको नेपाली रेस्टुरेण्ट जाने रहर पुरा गर्न सकिरहेको थिईन । केटीहरु जुनै देशका भएपनि ल्याङ ल्याङ गर्ने बानी चाहिँ तिनीहरुको जीनमै भरिएर आउदोफुर्सदमा
पत्रकारको योग्यताको सवाल
केही समय अगाडी त्रिवि उपकुलपति तीर्थ खनियाँ सम्बन्धि एउटा लेख पढेको थिए । उक्त लेखमा मुख्यतयः खनियाँको बौद्धिक चोरीको विषयलाई सजिसजावट गरेर खनियाँको धज्जी उडाइएको थियो । र त्यस्ता बौद्धिक सामग्री चोरी गर्ने खनियाँ जस्ता व्यक्तिले वरिष्ठता मिचेर आईओएमको डिन नियुक्त गर्न लागेको व्यक्तिबाट स्वास्थ्य क्षेत्रमा पर्ने कुप्रभावबारे महाभारत नै उल्लेख थियो । त्यस्तै केही समय अगाडी चिकित्सकहरुको योग्यता, नक्कली डाक्टरहरुको व्यापकता र औषधी व्यवसायिकता माथि मिडियाहरुले भूईपाताल पसेर केस्राकेस्रा केलाए । त्यसबेला पाइलट, इन्जिनियर, शिक्षक, लगायत थुप्रै पेसाहरुको व्यक्तित्व माथि योग्यताको बहस नेपाली मिडियाले खुलेरै चलाए । तरफुर्सदमा
स्नो गर्ल
कथा उनले एउटा छोटो भिरालो जङ्गल कटेपछि प्रयोगशालाको भवन आईपुग्छ भन्थिन्, टुटेफुटेको अङ्ग्रेजीमा । पुरै वाक्य त तिनलाई अङ्ग्रेजीमा बोल्नै आउँदैन थियो । “फरेष्ट क्रस, ल्याब दियर” यसरी नै झुर अङ्ग्रेजीमा हाम्रो सम्वाद हुन्थ्यो । तिनले भने जस्तै साच्चै एउटा कक्रिएको जङ्गल देखेको थिए । तर यस्तोलाई के जङ्गल भन्नु र । चारकोसे सालको झाडी माझ हुर्केको, लुकिछिपी खेलेको, गोठालो गएको, म जस्तो लाई तिनले भनेको भिरालो जङ्गल फगत सुकेको खम्बाहरुको थुप्रो जस्तो मात्रै लागेको थियो । कंकाल जस्तो लाग्ने, जलाउन राखेको मुढा जस्ता देखिने, एउटै पात नभएको विजुलीका पोलफुर्सदमा
चुनावी अनुभव र सोनसिकको महाकुम्भ
सानो छदाँका अनुभवहरु धेरै छन्। जसमध्ये एक हो चुनावको अनुभव । चुनावी माहोलहरु आउँदा गाउँमा गजबको बितण्डाहरु मच्चिन्थ्यो । त्यसबेला जम्मा तीनवटा चिन्हहरू( रुख, सूर्य, र हलो) को रवैया चल्थ्यो। रोड, घुम्टी, भित्ता र फलैचाँहरु यिनै चिन्हका आकृतिले लिपिएका हुन्थे । केटाकेटी भएपनि उसबेला बालखै खालका तर्क बितर्क हुन्थ्यो । काङ्ग्रेस भन्ने के हो थाहा नभए पनि रुखले छहारी र शितल दिन्छ भेनेर कोही रुखको पक्षमा लाग्थे ।एमाले भन्ने के हो थाहा नभए पनि सुर्यले न्यानो र शक्ति दिन्छ भेनेर कोही सूर्यको वकालत गर्थे । अलिक नझाङ्गिने स्वभावको साथीहरु राप्रपाफुर्सदमा
पहाडकी परीको ब्याकअप प्रेमी
कथा घरकी एक्ली छोरी । उनको परिवार लिवाङको हुनेखाने मै गनिन्छ । बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका । देश दुनिया चाहरेका । छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ भएका । त्यहिभएर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो । मनमायाकी फूपु र मेरो ममी मिल्ने साथी भएकाले उनको फूपुलाई म आन्टी भन्थे । हाम्रो परिवार र उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियो । म उनको फूपुको घर प्रायः गईरहन्थे । पुसको कठ्याङ्ग्रीदो जाडोमा एकदिन एकाबिहानै आन्टीले फोन गरेर बोलाउनु भयो। मनमायालाई पहिलोफुर्सदमा
कोरिया पढ्न आउँदा
सानैदेखि बाले भन्थे, ‘पढिस भने चन्द्रमा पुग्छस, ठगिस् भने पाताल पुग्छस्।’ यही डरले जसोतसो स्नातकोत्तरको पढाइ सकाएँ। यसपश्चात् मेरो सङघर्षको घडी चल्न थाल्यो। रोजगारी खोज्ने क्रममा काठमाडौंका सबै भ्याकेन्सी चहारेँ। अनुभव र आफन्तको खडेरीले गर्दा काठमाडौंमा जागिर खान सकिनँ। केही सीप नलागेपछि एक जना साथीको मद्दतमा नेपालकै सबैभन्दा विकट क्षेत्र कर्णाली गएँ, जागिर खान। यसबीचमा मेरा थुप्रै सहपाठीहरु विभिन्न देश गइसकेका थिए। आँकलझुकल ती साथीहरुसँग फेसबुकमा गफ हुँदा र तिनीहरुका फेसबुकका भित्तामा पोष्ट गरेका तस्बिरहरु हेर्दा मेरो मनमा डाहा र आफूभित्रको असन्तुष्टि उर्लिएर आउँथ्यो। मैले पनि विदेश जाने कोसिस नगरेकोफुर्सदमा