नोमराज गुरुङ
कोरियामा आफ्नै साथीको २३ लाख पैसा खाएर फरार, फेसबुकमा समेत ब्लक
ईपीएस मार्फत कोरिया आएका राजकुमार राई(प्रिन्स राई )ले सँगै कम्पनीमा काम गर्ने साथीको २३ लाख वन पैसा लिएर साथीलाई फेसबुकमा ब्लक गरी फरार भएका छन् । कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत राईले सँगैका साथी मुन्ना महतोको पैसा लिएर सम्पर्क बिहीन बनेका हुन् । सुरुमा सापटी भनेर पैसा लिएका राईले भरे, भोली भन्दै अढाई वर्ष झुलाए । तर गएको मे महिनादेखि सम्पर्क बिहीन भएको पीडित महतोले फोनिज कोरियासँग गुनासो गरे । महतोका अनुसार धरान ७, सुनसरीका राई २०१२ मे १९ तारिकमा कोरिया आएका हुन् । र सोहि कम्पनीमा २०१४फुर्सदमा