नोमराज गुरुङ्
‘पुस २० गते र मेरो दर्जिलीङ् भ्रमण’
नेपालमै रोजगार नमिलेपछि ‘बले’ रोजगार गर्न भन्दै मुग्लान (भारत) पसेको रहेछ । एकदिन बलेलाई बाटोमा हिँड्दा हिँड्दै दिसा लाग्यो । बले निकै आत्तियो । नयाँ ठाउँ र भाषाको समस्याले उसले शौचालय पत्त लगाउन सकेन । अनि एउटा कालो प्लाष्टिकमा दिसा गरेर हातमा झुण्ड्याएर बले हिँड्दै थियो । त्यत्तिकैमा एकजना आधाबैंसे आईमाईले चोर चोर भनेर बलेलाई खेद्यो । त्यसपछि अरु मानिसहरु पनि बलेको पछि लागे । धेरैजना भएपछि बले समातियो । बलेले भाषाको समस्या भएपछि बोलि र्फकाउन सकेनन् । उनीहरुले बलेको प्लाष्टिक खोसेर जोखे २ केजी पुगेन, नपुगेपछि बलेलाई सबैले अरुफुर्सदमा