फोनिजकोरिया संवाददाता
कोरियामा मिसाइल प्रतिरक्षात्मक प्रणाली जडित क्षेत्रमा स्थानियद्धारा प्रधानमन्त्रीमाथि आक्रोश
फोनिजकोरिया संवाददाता सउल दक्षिण कोरियामा आणविक क्षेप्यास्त्र मिसाइल प्रतिरक्षात्मक प्रणाली जडित क्षेत्रमा शुक्रबार स्थानियहरुले प्रधानमन्त्री ह्वाइ० ख्यो आनमाथि आक्रोश पोखेका छन् । सो प्रणाली जडित सइ०जु गुनमा अवलोकन गर्न पुगेका प्रधानमन्त्री आनमाथि स्थानियहरुले आक्रोश पोख्दै पानीको बोतल र अण्डाले प्रहार गरेका थिए । प्रधानमन्त्री आनलाई विरोध प्रर्दशनमा उत्रेका करिब ३ हजार स्थानिय बासीन्दाले ६ घण्टा भन्दा बढी समय अवरोध खडा गरी काउन्टीबाट बाहिर निस्कन दिएका थिएनन् । सुरक्षाकर्मी र प्रशासन प्रमुखहरु सहित सो स्थानमा पुगेका प्रधानमन्त्री माथि स्थानियहरुको आक्रोशले एक जना सामान्य घाइते भएका थिए । सो स्थानमा शक्तिशाली राडरफुर्सदमा