फोनिज कोरिया संवाददाता
कोरियन सरकारले विदेशी कार्यरत ३५७ ठाउँलाई कोरोना बारे नियम उल्लघन गरेकोमा कारवाही
दक्षिण कोरियाको सरकारले कोरोना रोकथाम सम्बन्धी जारी गरेको नियम उल्लघन गरेको कसुरमा विदेशी कामदार कार्यरत ३५७ स्थानलाई कारवाही गरेको कोरियन संचारमाध्यमले जनाएको छ । कार्यस्थलमा माक्स नलगाएको , खाना खानेठाउँमा एक टेबुलमा ४ जना भन्दा बडी बसेको , एक कोठामा पाँच जना भन्दा बढी बसेर नियमको उल्लघन गरेको कसुरमा जरिमाना र सजाय तोकी कारवाही गरिएको हो । रोजगार तथा श्रम मन्त्रालयले पछिल्लो समय विदेशी कामदारलाई तारगेट गरी ११ सय कार्यस्थलमा विषेश निरिक्षण गरेको कोरियन न्युज च्यानल यनहापले जनाएको छ ।
कोरियाका राष्ट्रपति मुन जे इनले कोरोना खोप लगाउने
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले आगामी हप्ता कोरोना विरुद्धको एष्ट्रेजेनेका खोप लगाउने भएका छन् । सो बारे कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) ले सोमबार घोषणा गरेको कोरियन संचारमाध्यमहरुले जानकारी गराएका छन् । ब्रिटेनमा हुन लागेको जि सेभेन समूहको शिखर सम्मेलनमा सहभागी हुन विदेश जानुपर्ने भएकाले ६८ वर्षिय राष्ट्रपति मुन र उनकी धर्मपत्नी ६७ वर्षिय किम जंग सुकले मार्च २३ तारिख खोप लगाउने भएका हुन् । सोही दिन देखी कोरियामा ६५ वर्ष भन्दा माथिका उमेर समूहलाई सार्वजनिक रुपमा खोप लगाउन आरम्भ गरिने केडीसीएले जनाएको छ । राष्ट्रपतिले नैफुर्सदमा
कोरियामा बागलुइ० समाज थेगु शाखाको प्रथम अधिबेशन सम्पन्न
दक्षिण कोरियामा रहेका बागलुगेंहरुको सस्था बागलुइ० समाजको क्षेत्रिय संस्था थेगुको आइतबार प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले मनु श्रीस मगरको नेतृत्वमा २० सदस्यीय कार्यसमिती चयन गरेको छ । कार्यसमितीमा चन्द्र थापा मगर बरिष्ठ उपध्यक्ष रहेका छन् भने गणेश गौतम , खड्क घर्ती मगर र दुर्गा तियर पुन मगर उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सोम ढकाल सचिव र स्वरूप थापा मगर सहसचिव रहेका छन् भने दिलु थापा मगर कोषाध्यक्ष र बिजय श्रीस मगर सहकोषाध्यक्ष रहेका छन् । त्यसैगरी सदस्यहरूमा भीमसेन घर्ती मगर, प्रभात हमाल, निरू श्रीस मगर, हिमशिखर भण्डारीफुर्सदमा
ओएनएफ कोरियाको क्षेत्रिय संगठन थेजन कमिटीमा नयाँ नेतृत्व
दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) को क्षेत्रीय कमिटी थेजनको रिक्त रहेको पदमा नयाँ नेतृत्व चयन गरिएको छ । गत आइतबार सम्पन्न दोस्रो अधिवेशनले थेजन कमिटीको अध्यक्षमा जीवन पौडेल र सचिवमा भरत कुवँर चयन गरेको हो । पूर्व अध्यक्ष सचिन कार्की कोरियाको बसाई अवधि सकेर नेपाल फर्किएपछि पद रिक्त रहेको थियो । त्यसैगरी सदस्यहरुमा १७ जना थप गरिएको छ । जसमा आशिष गुरूङ , जनरदन पनित्त , गंगाराम पौडेल , नेत्र लम्साल, वीर चन्द्र कुलुङ राई ,अजय राई ,लक्ष्मी लामा, दीपक चेम्जोङ्ग ,मनिकला लिम्बु, किरण पौडेल, निरजन बुढाफुर्सदमा
कोरियाको एक शहरमा ८४ जना विदेशी कामदारमा कोरोना संक्रमण पुष्टी
दक्षिण कोरियाको ख्यांगीदो प्रान्तको दोइ०दुछन शहरमा दुई दिन भित्र ८८ जनामा कोरोना संक्रण पुष्टी भएको कोरियन संचामाध्यमले जनाएको छ । जसमा ८४ जना विदेशी कामदार छन् भने ४ जना कोरियन रहेका छन् । गत महिनाको २८ तारिख उनीहरुको कोरोना जाँज गरिएको थियो । जसमा मंगलबार ७९ जनामा पुष्टी भएको हो । यो शहर वरीपरी ३ हजार ९ सय विदेशी रहेका छन् । यी मध्ये ५०९ जनाले गत महिनाको २८ तारिख टेष्ट गराएका थिए । कोरोना संक्रमणको पुष्टी भएकाहरुलाई महामारीको अनुसन्धान गरिरहेको छ । पुष्टी भएकाहरुलाई हाल उनीहरुकै कोठामा रखिएको छफुर्सदमा
अन्तराष्ट्रिय चलचित्र अवार्ड गोल्डेन ग्लोबलमा कोरियन चलचित्र मिनारीले उत्कृष्ठ विदेशी भाषी चलचित्रको पुरस्कार थापे
अमेरिकामा सोमबार सम्पन्न गोल्डेन ग्लोबल अवार्डमा कोरियाली भाषी चलचित्र मिनारीले उत्कृष्ठ विदेषी भाषी चलचित्रको अवार्ड थाप्न सफल भए । मिनारीले डेनमार्क, इटली, फ्रान्स र ग्वाटेमालाको चलचित्रलाई उछिन्दै पुरस्कार हात पारेका थिए । यो चलचित्रलाई आगामी ओस्कार अवार्डको दाबेदारको रुपमा हेरिन थालेको छ । यो चलचित्र अमेरिकामा रहेका कोरियनहरुले निमार्ण गरेका कोरियाली भाषी चलचित्र हुन । त्यसैले हलिउड फरेञ्ज प्रेस एसोसियसन ले चलचित्र मिनारीलाई नोमिनेशन गरेकोमा विवादमा पनि तानिएका छन् । चलचित्र मिनारी अमेरिकामा रहेका लि इसाक चुइ०को लेखन तथा निर्देशन रहेको छ । चलचित्रले ८० को ताका अमेरिकामा संघरत कोरियनहरुकोफुर्सदमा
इञ्जाद्धारा तीन पत्रकार पुरस्कृत
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार ९२०२०० कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ । इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरुमध्येवाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् । वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ुसाइपालको अध्यारो संसारु र सोफुर्सदमा
अनेसास कोरियाले मुक्तक मेला गरी प्रणय दिवस मनाए
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरीयाले फेब्रवरी १४ तारिख प्रणय दिवसको अवसरमा अनलाईन मुक्तक मेला गरी मनाए । जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, जापान, नेपाल र कोरियाका स्रष्टाहरूले विशेष वाचकको रूपमा आआफ्ना प्रेमिल मुक्तकहरू वाचन गरेका थिए। मुक्तक प्रतिष्ठानका पूर्व अध्यक्ष रामचन्द्र शर्मा अतिथि रहनु भएको सो कार्यक्रममा सकुन ज्ञवाली,सुनिल संगम, युवराज भण्डारी, के। बि पारखी, अमृत भट्टराई, रेहित सैजु ु विकल्पु, भोजराज घोडासैनी, सुशील अर्याल , ह्यारी बोण्ड , निर्दोष शिव, प्रचण्ड सापकोटा , आरपी सङम र दीपकराज बञाडे रहनु भएको थियो। अनेसास कोरियाकाफुर्सदमा
दक्षिण कोरियाका पूर्वराजदूत कमान सिं लामाको कोरानाका कारण निधन
दक्षिण कोरियाको पूर्व राजदूत कामान सिं लामाको गए राती निधन भएको छ । कोरोना संक्रमन देखिएपछि महारञ्जगंज स्थित शिक्षण अस्पतालमा उपचारक्रममा लामाको निधन भएको हो । सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएकोले अस्पताल भर्ना भएको जानकारी गराएका थिए । लामाले आफ्नो कार्यकालमा कोरियामा उच्च स्तरिय परराष्ट्र मन्त्रीको पहिलो भ्रमण गराउन सफल भएका थिए । साथै भगवान बुद्धको जन्म भारतमा भएको अध्ययन गर्दै आएका कोरियन समाजमा बुद्ध नेपालमा जन्मेको भन्ने अभियानमा सक्रिय रहेका थिए । कोरियामा दोस्रो राजदूतको पूर्ण कार्यकाल निभाएका लामाले नेपालमा कोरियनफुर्सदमा
एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने
दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा प्रवासी श्रमिकलाई मजदुर कानुन, प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमा श्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, बार्षिक बिदा, थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया , २०२१ को न्यूनतम तलब , मजदुर युनियन र यसको गतिविधि , खाना तथाफुर्सदमा