बाला राई
सुनिताले नचाइन् कोरियामा नेपालीलाई
दक्षिण कोरिया, ‘यसपाली नि खाने दर जाने मत माइती घर लर्काउदै कपाल, मर्काउदै कम्मर नाच्छे हो नाच्छे नेपाली चेली…’ यसवर्षको सर्वोत्कृष्ट तीज गीत अवार्ड समेत पाएको यो गीतसँगै अन्य चर्चित तीज गीतहरु गाएर गायिका सुनिता दुलालले यो वर्षको तीजमा कोरियामा रहेका नेपाली दिदीबहिनीलाई आफुसँगै कम्मर मर्काउदै नचाइन् । गत आइतबार कोरियाको तेस्रो ठुलो शहर थेगुमा अन्नपूर्ण सेवा समाजले आयोजना गरेको रमाइलो तीज कार्यक्रमको लागि कोरिया आएकी गायिका दुलालले आफ्ना चर्चित तीज गीतहरु गाएर कोरियावासी नेपालीहरुलाई भरपुर मनोरञ्जन मात्र दिइनन् आयोजक तथा नेपाली दिदीबहिनीहरुको न्यानो आतिथ्य तथा माया पाएर झनै दंगफुर्सदमा
ऊ किन फर्केन ?
कथा सायद, बुढ्यौलीपन लागेर होला । बिहान निद्राले छिटै छाड्न थालेको छ आजभोली । सदा झैं चारबजे उठेर मर्निङ वाकको लागि निस्किएँ । अरु दिन घर नजिकैको पार्कमा एक घण्टा शारिरीक व्यायाम गरेर फर्किन्थें । तर, आज मलाई पार्क जान मन लागेन । मेरो पाइला अनायसै घरबाट एक घण्टाको पैदल दूरीमा रहेको समुद्रीतटतिर लम्कियो । म हरेक गर्मीमा कोरियामा रहेका समुद्रहरु चहार्ने गर्छु । त्यसो त म बसेको ठाउँ नै एउटा सानो टाँपू हो, कजेदो ‘दो’ को अर्थ टाँपू । त्यसैले वरिपरि समुद्रै समुद्र छन् । कजेदोकै केही सुन्दर ठाउँ मध्येकैफुर्सदमा
कोरियामा ‘जेन्टलमेन’ बनाउदै छवि
दक्षिण कोरिया, बैदेसिक रोजगारीका लागि दक्षिण कोरिया आएका युवाहरु कामको ब्यस्ततासँगै फुर्सद पाउदासाथ कुनै न कुनै सिर्जनशिल काममा लागिरहेका हुन्छन् । सामाजिक क्रियाकलापदेखि गीतसंगीत, कला र साहित्य सिर्जनासँगै अभिनय र निर्देशनमा समेत त्यत्तिकै पोख्त छन् । यिनै प्रतिभाशाली युवाहरु मध्येका एक युवा हुन् छविशित कुलुङ । कोरियाको कडा काम र लामो ड्युटिका बावजुद पनि साहित्य सिर्जना गर्दै आएका उनले यहि छुसकको लामो बिदामा छोटो चलचित्र ‘जेन्टलमेन’ बनाउन लागेका हुन् । कमेडियन बेसमा रहेर समाजमा मध्यपान सेवनबाट हुनसक्ने दुर्घटनालाई चलचित्र मार्फत् देखाउने प्रयासमा रहेका छविले उक्त चलचित्रको लेखन र निर्देशन आफै्रफुर्सदमा
समुद्र
हजुरबुबा बर्माको लाहुरे । हजुरआमा जहिले पनि बर्माको कुरा गरिराख्नुहुन्थ्यो । तर मैंले हजुरबुबालाई देख्न पाइन । आर्मी हुँदाको सानो पासपोर्ट साइजको फोटोलाई पछि बुबाले ठुलो बनाउनुभएको थियो । हजुरआमाले ठुलठुला समुद्रको कुरा गर्नुहुन्थ्यो । आँखाले हेरेर भ्याउन नसक्ने बिशाल समुद्र । खाना, बस्न, सुत्न र मनोरञ्जन गर्न सकिने अजंगको पानी जहाज । केटाकेटीपन न हो दन्ते कथा झैं लाग्थ्यो सुन्दा । पहाडमा सानातिना खोला नाला, तलाउ र पोखरी मात्र देखेको मलाई समुद्रको कुराले मनमा कौतुहलता जगाउथ्यो । कस्तो होला समुद्र अनि पानीमाथि मान्छे बोकेर हिड्न सक्ने जहाज कस्तो होलाफुर्सदमा
यसकारण हेरियो ‘कालोपोथी’
नेपाल छाडेदेखि नेपाली चलचित्रसँगको पुरानो साइनो पनि करिव टुट्न लागिसकेको थियो । नेपालमा झण्डै एक दशक लामो रंग पत्रकारिता गर्दा प्रायः हलमा चल्न लागेको नयाँ चलचित्रको प्रिमियर शोमा पुगिन्थ्यो रिर्पोटिङको लागि । पाँचवर्ष अघि कोरिया आएसँगै कहिलेकाँही युट्युवमा राखिएको चलचित्र बाहेक हलमा गएर नेपाली चलचित्र हेरेको थिइन । त्यसो त कोरियामा पछिल्लो समय नेपाली चलचित्र प्रदर्शन गर्ने क्रम बढ्न थालेको छ । तर मलाई भने व्यस्तता र विभिन्न कारणले नेपाली चलचित्र हेर्ने मौका मिलेको थिएन । ‘कोलो पोथी’ प्रदर्शन हुनु अघिदेखिको चर्चा परिचर्चा र समिक्षाहरु विभिन्न अनलाइन मिडियाहरुमा पढ्दै आएकी थिएँफुर्सदमा
क्यङजुको बुलकुक्सा र सक्कुलआम घुम्दा (नियात्रा)
कोरियाको इतिहास अध्ययन गर्ने क्रममा कक्षामा शिक्षिकाले कोरियाको प्राचिन इतिहास, मध्यकालिन र आधुनिक इतिहासको बारेमा पढाइरहदा मलाई भने नेपालको गोपालवंश हुँदै लिच्छवीकालिन, मल्लकालिन र पृथ्वीनारायन शाहले गरेको नेपाल एकिकरणको याद आइरहन्थ्यो । प्राचिन कालमा चीन र रुसको केही भूभागसम्म फैलिएको मुलुक कोरियाको पहिलो राज्य घोजोसन पछि सिल्ला, खोकुरय र बेक्चे तीन राज्यमा विभाजन भएको थियो । विभिन्न कालखण्डमा विभिन्न राज्यमा टुक्रिदै एकिकरण भएपछि ३६ वर्षसम्म जापानको उपनिवेश समेत बन्न पुगेको थियो । जसमध्ये विभिन्न राजाहरुले शासन गर्दै आएको सिल्लाकालिन समयमा निमार्ण गरिएको बुद्धका गुम्बादेखि विभिन्न ऐतिहासिक मठमन्दिर तथा कलात्मक स्थलहरुफुर्सदमा
सुबलाको सफलता
बिसवर्षे शिक्षण पेशामा आवद्ध हुँदा उनले कहिल्यै सोचेकी थिइनन् यसरी प्रवासमा व्यवसाय गरेर जिन्दगी बित्छ भन्ने । जिन्दगीको यात्रामा कहाँबाट कहाँ पुग्नुपर्ने रहेछ, शनिबार आफ्नै रेष्टुरेन्टमा आएका नेपाली पाहुनाहरुको स्वागतमा व्यस्त बालाजी रेष्टुरेन्टकी सुबला गुरुङ भन्दै थिइन् । ‘भविष्यमा यहि व्यवसायमा लागिन्छ भन्ने थाहा भएको भए सायद टिचिङतिर नलागी होटल मेनेजमेन्ट अध्ययन गर्थें कि ?’ दक्षिण कोरियाको थेगु ट्रेनस्टेशन नजिक धोङसङरोको ब्यस्त गल्लीभित्र छिर्नसाथ चोकमै देखिन्छ बालाजी रेष्टुरेन्ट । नेपाली, इन्डियन र नेवारी स्वादका विभिन्न परिकारहरु पस्कदै आएको यिनै रेष्टुरेन्टमा विगत एकदशकदेखि रेष्टुरेन्ट संचालक श्रीमान मानसिंह गुरुङलाई साथ दिइरहेकी छिन्फुर्सदमा
एउटा सम्बन्धको अन्त्य (कथा)
अदालतबाट बाहिर निस्कदा अनिसाको मुहारमा अर्कै खुशी झल्कन्थ्यो । वर्षौंपछि जेलबाट छुटेको कैदी जस्तै । हिड्दाहिड्दै टक्क अडिएर केहीबेर वरिपरि हेरि अनि निधार खुम्चाउदै आकाशतिर हेर्दै मन्द मुस्काइ । सायद, आफु स्वतन्त्र भएकोमा इश्वरलाई धन्यवाद दिनलाई होला । म ट्याक्सी रोक्न अलि अगाडि गएँ । ऊ पनि मलाई पछाउदै छिटोछिटो पाइला चाली । ट्याक्सी चढ्नु अघि उसले एकपटक आफू निस्केको अदालतको ढोकातिर नजर घुमाइ । केही समय अघि मात्र सम्वन्ध विच्छेद गरेका उनका पति भर्खर बाहिर निस्कदै रहेछन् अध्यारो मुख पारेर । केहीबेर उनीहरु एकअर्कालाई हेराहेर गरे ।फुर्सदमा
उमा गुरुङको सदावहार ‘सालको पात’
‘आम्मै नि ! नमरे बाँचे भेट हुने रहेछ । म त यो दिदीलाई चटक्कै भुलेर जानुभयो भन्ठानेकी सम्झेर आउनुभयो बहिनी’, घरको गेटबाट भित्र पस्नसाथ र्गल्याम्म अंगालो हाल्दै एकैसासमा खुशी व्यक्त गरिन् । ‘दिदी हजुर त धेरै मोटाउनुभएछ नि,’ रातो कुर्तासलवारमा टमक्क कसिएकी दिदीलाई भनें । ‘अहिले अलि घटेको पो बहिनी योगा गर्छु । उमेर ढल्कदै गएपछि हेल्थको पनि बढि नै केयर गर्नुपर्ने रहेछ ।’ पाँचवर्षपछि नेपाल फर्केपनि मसँग प्रसस्त समय थिएन । व्यस्तताको वावजूद पनि मैंले गायिका तथा साहित्यकार उमा गुरुङलाई भेट्ने योजना कोरियाबाट नै बनाएकी थिएँ । किनकीफुर्सदमा
नियात्रा : पाँचवर्षपछि कोरियाबाट सोलु हुँदै पोखरासम्म
बाला राई पखेटा पलाएपछि आफ्नो गुँड बिर्सेर कतै उडेको पंक्षीजस्तै सात समुद्र काटेर कोरियाको जीवनशैलीमा भुल्न थालेको पनि आधा दशक हुन लागेछ । विकसित मुलुकको भौतिक सुखसयलमा तन रमे पनि मन भने आफ्नै जन्मभूमिको यादमा तड्पिरहन्थ्यो हरपल । जन्मदिने बाबुआमा, साथीसंगी, आफन्तसँगै संघर्ष गर्दै बितेका आधा जिन्दगीका पाटाहरु हरेकपल मानसपटलमा ताजा भएर आइरहदा हररात सपनीमा ऐठन भए झैं लाग्थ्यो । जन्मभूमि छाडेर कर्मभूमिमा बाध्यताले रम्दै गरेकी म एकमहिना अघि मातृभूमि नेपाल गएकी थिएँ । भूकम्प र नाकाबन्दीको पिंडामा थलिएर भर्खरै तङग्रन लागेको मेरो देशलाई सान्त्वनाका शब्द उदगार गर्न नसकेपनि थोरै सदभाव्फुर्सदमा