बिमल सिटौला
दोस्रो न्वारान
सुन्दा पनि खितखित हासेको थिए म। नहाँसु पनि कसरी? रमेशलाई रामेशु, रुपेशलाई रुपेशु, उमेशलाई उमेशु, सन्देशलाई सन्देशु भनेको सुन्दा । त्यहि बखत मैले एक लख काटेको थिए,”अम् यिनिहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याँऊदा रहेछन।” पछि मात्र थाहा पाए । मेरो त्यो लख नमिल्ने रहेछ। मेरो हाँसोको फोहोरा झँन भयांकर भएर आयो जब मैले अर्जुनलाई आजन भनेको सुने। तबमात्र म सतप्रतिशत फेल खाए मेरो ठहरमा । त्यो पनि सातौ चोटि घोकाउदै बोकाउदै रे। एकमनले त सोचे यी मनुवाहरुले छदमवेश त गरेका हैनन ? कस्ता प्रमादी मनुवाहरु । अर्जुन विस्तारै भन्छ,अर्जुन । फुर्सदमा