भैरव अर्याल
जय भोलि
पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानिस अनेक थरी सपना तुन्दै भोलिको निम्ति निदाउँछ, तर भोलिपल्ट ब्यूँझँदा उसको भोलि आज बनेको हुन्छ, फरि ऊ अर्को भोलिको निम्ति दगुर्छ । मानिस जतिजति दिनका पत्र पल्टाउँछ, उतिउति उसको भोलि सर्दैसर्दै पर जान्छ र आखिर भोलिलाई नभेट्दै मानिस मर्छ । त्यसैले भोलि साँच्ची एउटाफुर्सदमा
लाहुरेको यात्रासंस्मरण
एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे । अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि ! कत्राकत्रा युद्ध, महायुद्धमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यतिफुर्सदमा