भोजराज जैसी
डा.केसी जस्ता देशद्रोहीलाई बाच्ने अधिकार छैन
तीन करोड नेपालीहरुको स्वास्थ्यको लागि ११ औं पटक आमरण बसिरहेका डा.गोबिन्द केसी बास्तबमै देशद्रोही हुन् । चुडामणि शर्मा जस्ता कर्मचारी, खुम बहादुर खड्का ,गोबिन्दराज जोशी, जेपि गुप्ता जस्ता राजनितीज्ञ अनि दर्जनौ पटक असफल भएका ब्यक्तिहरुले सरकार हाक्ने लज्जास्पद शृङ्खला चल्ने यो देशमा डा.गोबिन्द केसी जस्ता ब्यक्तीलाइ बाच्ने अधिकार छैन । चिकित्सा क्षेत्र सुधारको माग राख्दै ११औं पटक सत्याग्रहमा रहेका केसी जिबन मरणको दोसाधमा छन् । हुनत बेबारिसे सरह रहेका डा.केसी मर्दैमा यहाका शासकहरुलाई कुनै शोक,पश्चताप या ग्लानी लाग्ने छैन । जिबनको उत्तरार्धमा रहेका यी वृद्ध आखिर किन यसरी आफ्नो जीवनफुर्सदमा