मीरा राजभण्डारी अमात्य
न्युयोर्कमा अन्तराष्ट्रिय नेपाली आदिवासी पत्रकार मन्च गठन
अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली आदिवासी जनजाति पत्रकारहरुले अन्तराष्टिय नेपाली आदिवासी पत्रकार मन्च फिनिज गठन गरेको छ । विश्व आदिवासी दिवशको अवसर पारेर सोमबार अमेरिकाको न्युयोर्कस्थित ज्याकसन हाइटमा भएको भेलाले सो संस्थाको घोषणा गरेको जनाएको छ । फोजिनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन सिंह लामाको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । संस्थाले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको प्रवद्र्धधन गर्ने, अमेरिकामा कार्यरत नेपाली आदिवासी पत्रकारहरुको व्यवसायिक तथा पेशागत विकास गर्ने, अमेरिकामा रहेका नेपाली आदिवासी समुदाय र अन्य समुदायको सूचनाको हकको प्रवद्र्धधन गर्ने, आदिवासीफुर्सदमा
लोपोन्मुखको संघारमा नेवारी गुंठीहरु
विगतमा मखन टोलका ६४ घर प।िवारका गुठीयार सहितको संलग्नतामा संचालित तारणी बहाल गुठी अहिले ५ जना गुठियारको गुठीको रुपमा झरेको अवस्था छ । गुठी संचालनकै लागि पुर्वजहरुले ८४ रोपनी जग्गा गुठीको लागि पुर्वजहरुले राखेको आफु सानै छंदा बाजे बराज्युबाट सुन्दै आएको अनुभव सुनाउंछन् सो गुठीका गुठियार तथा पुर्व सभासद भुवन लाल श्रेष्ठ । कुनै बेला हप्तौ लगाएर पुजा आजा र भोज सहित मनाईने सो गुठी समय अन्तराल संगै गुठीका जग्गा हिनामिना भएको, आवश्यक कागज पत्र नहुंदा कतिपय जग्गा हराई रहेको र भएकै जग्गामा पनि मुद्धा परेको कारण मखन टोल निवासीफुर्सदमा
पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था: नेतृत्व तथा चुनौति
पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक र दैनिक हुंदै निरन्तरता दियो प्रजातन्त्रको पुर्न बहाली सम्म । यस बीचमा शारदा दैनिक लगायत थुप्रै पत्रिकाहरु निकले पनि पत्रकारितामा महिलाको खासै भुमिका रहेन । तर २००७ सालको क्रान्तिमा महिला नेतृत्वको समेत निणार्यक भुमिका रहे पश्चात महिला नेतृहरुकै पहलमा उत्साह र रहरको उपजका रुपमा विक्रम संवत २००८ सालमा मुलुकको पहिलो महिला पत्रिका “महिला” मासिक प्रकासित भयो । साधना प्रधानको सम्पादकत्वमा प्रकाशित सो पत्रिका नेपालमा महिलाहरुले पहिलो पटक भोट हाल्न पाउने अधिकार प्राप्तफुर्सदमा
महिला हिंसामा महिला आफै कति जिम्मेवार?
घटना विक्रम संवत २०५७ तिरको हो । होलीको दिन थियो । मेरा साना नानी लगायत टोलका नानीहरु होलीको मज्जा लुटदै थिए । साना मझौला किशोर किशोरी सव एक आर्कामा कहिले रंग पानी छयाप्दै त कहिले लोला हान्दै होली खेली रहेको दृश्यको मज्जा म बार्दलीमा बसेर लिंंदै थिएं । त्यतिकैमा घरको फोनको घण्टी बज्यो । फोनमा कुरा गर्दै थिएं। अचानक मेरो भान्छा कोठाबाट ‘आन्टी मलाई बचाउनुस’ भन्दै एउटा नानीको आत्तिएको आवाज गुञ्जियो । म दौडिदै भान्छातिर गएं । मेरो भान्छाको ढोका एक केटा मान्छेले ढकेल्दै थिए खोल्ने प्रयासमा। भित्रबाट तल भाडामाफुर्सदमा
तिमी दुख्यौ रे
तिमी दुख्यौ रे, तिम्रो कथा सुनेको तिम्रो लामो लामो कथा उराठ लाग्दा र निराशाका कथा हिजो तिम्रो थियो त्यो ठाउ यो ठाउ आज अरुको भयो तिमीसंगै रुने मनहरु आज पराइ भयो किन होला तिमी उसैको थियौ तर तिमी पराइ भयौ मैले सुने तिम्रा कथा तिम्रा ब्यथा उराठ लाग्दा र निराशाका कथा तिमी हाँस्दा मुस्काउने तिमी रुदा छटपटिने तिम्रा आफन्त फगत कथा बन्यो तिम्रो आफ्नो पराइ भयो सुन्छौ ??? सुन सुन्न सक्छौ भने घाउ म संग पनि छन् दुखेका कथा म संग झन् कति मात्र ति फरक छन् तिमीलाई दुखाउने घाउफुर्सदमा
नेपालको पहिलो आदिवासी द्यःला
को हुन् द्यःला ? नेपाल जातीय विविधता र उपजातिहरुको समिश्रण भएको देश हो । त्यसमाथि पनि नेवार समुदायभित्रको जातिगत संरचना र विविधता एकआपसमा जेलिएको छ । नेवारहरु नेपालका आदिवासी-जनजाति हुन् । यही नेवार समुदायकै एक उपजातिका रुपमा द्यःला समुदायको अस्तित्व रहेको छ । विगतमा यस समुदायलाई अछुत मानेता पनि त्यही समुदायलाई विभिन्न मन्दिरहरुमा पुजारी वा संरक्षक मानिएको पाइन्छ । विभिन्न मन्दिरमा विनारकम सुँगुर, हाँस, माछालगायत बुझाउनुपर्ने व्यवस्थासँगै जात्रामा लिंगो व्यवस्था गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी दिएको बाट यिनीहरुलाई अछुत वा दलित भन्न मिल्ने कुनै आधार देखिँदैन । नेवार समुदायमा जातीय विविधताफुर्सदमा