मुरारीप्रसाद खरेल/डा. टीकाराम पोखरेल
आर्थिक विकासमा दक्षिण कोरियाबाट सिक्नुपर्ने पाठ
दक्षिण कोरिया छ दशकअगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरूमध्ये आठौँमा थियो । आज उसको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरूमध्ये आठौँमा छ । जुन बेला दक्षिण कोरिया चरम गरिबीमा थियो त्यसबेला नेपालबाट समेत दक्षिण कोरियामा उपभोग्य सामान निर्यात हुन्थ्यो, आज नेपाल कोरियामा कामदार पठाई रेमिट्यान्स भित्र्याउने प्रमुख मुलुहरूमध्ये एक बन्न पुगेको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रको एउटा हिस्सा कोरिया पनि बन्न पुगेको छ । दोस्रो विश्वयुद्धमा जापानको पक्षबाट लडेको कोरिया विश्वयुद्धपश्चात् सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्त भएको हो । उपनिवेशबाट मुक्त भएलगत्तै कोरिया उत्तर र दक्षिण गरीफुर्सदमा