यम श्रीस मगर
“स्व.दिल बहादुर घरब्जा स्मृती भलिबल कप २०१७” को उपाधि छन्त्याल परिवारकै पोल्टामा

छन्त्याल परिवार गणतन्त्र कोरिया द्वारा आयोजित स्व.सर्बमान्य दिल बहादुर घरब्जा स्मृति भलिबल कपको उपाधि आयोजक छन्त्याल परिवारकै A टीमले जित्न सफल भएको छ| गत आइतबार जुलाई ३० तारिख सौलको दोंग्देमुन कुमिन छेयूग्वानमा गर्मि बिदाको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगितामा १७ टीमले भाग लिएका थिए |१६टिम लाई पछी पार्दै छन्त्याल परिवारले दोस्रो पटक उपाधि उचाल्न सफल भएकोछ| A पोल बाट सेमी फाइनलमा सी हंग सी आन्सान र मोना A बीचको प्रतिस्पर्धाबाट सी हंगसी फानलमा प्रवेश गरेको थियो |त्यसै गरि B पोलबाट सेमी फाइनलमा छन्त्याल परिवार र पर्बत समाज बीचको प्रतिस्पर्धाबाट छन्त्यालफुर्सदमा
छन्त्याल परिवारको भलिबल प्रतियोगिताको टाईसिट जुलाई २३ तारिख हुने |

यही २०१७ जुलाई ३० तारिख आइतबार छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।भलिबल प्रतियोगिताको लागि टाई सिट यहि जुलाई २३ तारिख नेपाल हाउसमा गर्ने भएको छ |कोरियामा रहेका भलिबलमा सहभागी हुन इच्छुक संघ सस्थाहरुले बिहान ११ बजे सम्पर्क गर्नु हुन् अध्यक्ष अमर छन्त्यालले अनुरोध गरेका छन् | “शारिरिक तथा मानसिक तन्दुरुस्तताको लागि खेलकुदको आबस्यकता” भन्ने नाराको साथ आयोजना गर्न गैरहेको सर्बमान्य स्व.दिल बहादुर घरब्जा छन्त्याल स्मृती कप्’ को खेल मैदान तुङ्देमुन गु छेयुग्वानमा रहनेछ | साथै उक्त प्रतियोगिता छन्त्याल जातिको हक अधिकार र पहिचानकोफुर्सदमा
कोरियामा फरक किसिमको समाज सेवामा जुटेकी लक्ष्मी

कोरियाको ब्यस्त समयको बाबजुद पनि समय निकालेर समाजसेवा गर्नु भनेको त्यति सजिलो छैन । मुखले गफ गरेर मात्र हुदैन फिल्डमै गएर काम गर्नु फलामको चिउरा चपाए सरि नै हो । समाज सेवा गर्नु पनि स्वार्थकै लागि हो, नाम कै लागि, सस्तो प्रचारको लागि हो भनेर आलोचना गर्नेको पनि कमि छैन । सहयोग गरेर पनि हुदैन नगरेर पनि हुदैन । जस भन्ने पटकै पाईदैन तर पनि समाजमा एकले अर्को व्यक्तिलाई मद्दत गरिनै राखेका हुन्छन । यस्तै फरक किसिमका कामहरु गरेर छुट्टै पहिचान बनाएका समाज सेबी हुन् एन आर एन कोरियाका उपाध्यक्ष लक्ष्मीफुर्सदमा
बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको बृहत् भेटघाट तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

बाग्लुङ समपर्क समिती कोरिया द्वारा यहि जुलाइ ८ र ९ तारीख आयोजना गरिएको बृहत् भेटघाट तथा बन्भोज कार्यक्रम भब्यरुपमा सम्पन्न भयेको छ। सौल देखि करिब २ घन्टा टाढा रहेको ह्वासङ सि अन्तर्गत रमणिय पर्यटन स्थल जेबुदो आइज ल्यान्डमा उक्त पिक्निकको आयोजना गरिएको थियो। कोरियामा रहेका बाग्लुङ बासीहरुलाई सहभगिता बनाउने , आपसी सम्बन्ध आत्मिय बनाउने उद्देश्य सहित आयोजना गरिएको बनभोजमा कोरियाको विभिन्न क्षेत्रबाट करिब १४० जनाको सहभागिता रहेको थियो। थेगु बुसानबाट एक बस, सौल तुन्देमुनबाट एक बस र सुवनबाट एक बस लगाइएको थियो। पिक्निकमा नेपाली परिकार सेल रोटी,अचार, खसीको मासु,फुर्सदमा
कोरियामा ब्यवसाही हर्कमान (भिम) गुरुङले पाए मानार्थ नागरिकको सम्मान
कोरियाको सोल महानगरपालिका गभर्मेन्टले हरेक बर्ष अक्टुबर २८ तारिखका दिन प्रदान गर्ने मानार्थ नागरिकताको सम्मान विभिन्न देशका १८ नागरिकलाई प्रदान गरेकोछ | नेपालको तर्फबाट ब्यवसाही हर्कमान (भिम) गुरुङले यस बर्षको मानार्थ नागरिकको सम्मान प्राप्त गरे | बिसेष गरि सौल महानगरपालिकाको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका क्षेत्रलाई बिशेष योगदान गर्ने बिदेशी नागरिकलाई हरेक बर्ष मानार्थ नागरिकताको सम्मान प्रदान गरिन्छ| यस बर्ष विभिन्न १८ देशका १८ जना व्यक्तित्वहरुले उक्त सम्मान प्राप्त गरे | नेपालको ताप्लेजुङ स्थायी घर भइ बिगत १६ बर्ष देखि कोरियामा सफल ब्यवसाय गर्दै आएका भिम गुरुङले सौल महानगरपालिका अन्तरगतफुर्सदमा
सौलमा ‘छक्का पन्जा’ प्रदर्शन हुने |
हास्य क्षेत्रका सफल कलाकार दिपक र दीपाको अति नै मन पराईएको चलचित्र छक्का पन्जा आउदो २०१६ नोभेम्बर १३ का दिन सौलमा प्रदर्शन हुने भएकोछ । कोरिया लगाएत नेपालमा सामाजिक सेवामा तत्पर राप्ती समाज द. कोरियाले उक्त अबसर मिलाएको हो । कोरियामा समस्यामा परेका नेपालीहरुका लागी सौलमा राप्ती घर सन्चालन गर्ने उद्देश्यले सहयोग जुटाउदै भरपुर मनोरन्जन दिन फिल्म प्रदर्शन गर्न लागिएको राप्ती समाजका अध्यक्ष बिर कुमार ओलीले फोनिज कोरियालाई जानकारी दिएकाछन् । कोरियामा रहेका नेपालीलाई उपस्थित भै मनोरंजनका साथमा सहयोग गरिदिनु हुन पनि ओलीले आग्रह गरेका छन् | साथै सोही दिनफुर्सदमा
म्याग्देली घर निर्माणार्थ महिला पुरुष भलिबल प्रतियोगिता हुने

सोल, दक्षिण कोरियामा म्याग्देली घर निर्माणार्थ रनिङ कप २०१६ प्रतियोगिताको आयोजना गरिने भएको छ । महिला पुरुष भलिबल प्रतियोगिता म्याग्दी प्रवासी नेपाली संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । प्रतियोगिता आगामि जुलाई ३१ तारिख आइतबारको दिन गाङबुक युथ सेन्टरमा बिहान १० बजेदेखि सुरु हुने भएकोले कोरियामा रहेका विभिन्न संघ संस्थाहरुलाई खेलमा सहभागिता जनाइ सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ । भलिबल प्रतियोगिताको टाइसिट दोङनेमुनस्थित नाङ लो रेष्टुरेन्टमा जुलाई १७ तारिख दिनको १२ बजे हुने भएकोले संघसंस्थाका प्रतिनिधिहरुले प्रतिनिधि पठाइदिन पनि आग्रह गरेको छ । कार्यक्रममा सफल पार्न विभिन्न संघसंस्थासहितफुर्सदमा