रबिन्द्रनाथ टैगोर
एउटा सुगाको कथा
एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर, उसलाई नियम–कानुनबारे पटक्कै थाहा थिएन । एकदिन राजाले सोचे— यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटामात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभावमात्रै सिर्जना गरिदिन्छ । मन्त्रीलाई बोलाए र आदेश दिए, “यस सुगालाई पढाउने व्यवस्था गर ।” पण्डितहरूको सभा बोलाइयो । गम्भीर विचारविमर्श गरियो । र,फुर्सदमा