रमेश घिमिरे
कोरियामा जे देखियो
७० को दशकसम्म दक्षिण कोरियाको अवस्था नेपालभन्दा कमजोर थियो । केही वर्षअघिसम्म गरिब मुलुकका रूपमा विदेशी अनुदान लिने कोरियाले अहिले धनी मुलुकको हैसियतमा नेपाललगायत मुलुकलाई अनुदान दिन्छ । नेपाल अझै अति कम विकसित मुलुककै हैसियतमा सीमित छ । विकासशील मुलुकमा स्तरोन्नति हुने सपना छ, विकसितको त सपना पनि देखेका छैनौं । १० दिन दक्षिण कोरिया भ्रमणका क्रममा तीनवटा सहर घुमियो । एक सहरबाट अर्को सहर स्थल मार्गबाट यात्रा गर्दा बीचका कृषि फारमको एकतर्फी अवलोकन गरियो । दक्षिण कोरियाको स्वायत्त प्रदेश जेजु टापुमा पाँच दिनका लागि आयोजना गरिएको एसिया प्रशान्त स्तरकोफुर्सदमा