राजु थापा
एनआरएन कोरियाको संयोजकत्वमा संयुक्त दशैं कार्यक्रम मनाइने
सउल प्रबासी नेपालीको बाक्लो उपस्थिती रहेको दक्षिण कोरियामा यस बर्ष बिजय दशमी भब्य रुपमा मनाइने जनाइएको छ । पहिलो पटक संयुक्त रुपमा आयोजना हुन लागेको दसै कार्यक्रम यहि अक्टोबर महिनाको ९ तारिख आइतबारका दिन सौल स्टेसन नजिकै रहेको केडिवी बैन्क रहेको बिल्डिङको दशौ तलाको हलमा ब्यबस्था गरिएको कुरा मुख्य आयोजक एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्रीले जानकारी दिनु भयो । उहाले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रममा विभिन्न क्षेत्रिय तथा जातिय संघ संस्था, राजनितिक सङ्गठन , पत्रकार , महिला, बिध्यार्थी , मजदुर , जनजाती सबै क्षेत्रलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्नुफुर्सदमा