लोकनारायण सुवेदी
आवश्यक छ सही र बैकल्पिक राष्ट्रिय अर्थनीति
—लोकनारायण सुवेदी—बिश्वमा खाशगरी १९९० को दशकको सेरोफेरोदेखि यता जुन नबउदारबादी अर्थनीतिको डंका पिटिदै आएको थियो त्यसले उत्पन्न गरेको आर्थिक मन्दी तथा बित्तीय संकटको भयंकर ठूलो दुष्चक्रले गर्दा बिकसित पश्चिमा देशहरु नै आज आर्थिक बिकासको अर्को बिकल्पको खोजीमा तल्लिन हुन थालेका छन् । नबउदारबादी अर्थतन्त्रले जसरी ‘कामको समाजिकीकरण र पूँजीको केन्द्रिकरण’ गरिदियो त्यसले पूँजी र श्रम बीचको अन्तरबिरोध र संघर्षलाई अझ जटील र तीब्र बनाइदिएको एकदमै प्रष्ट छ । अरु तिरका ठूलठूला र ब्यापक हडताल र संघर्षलाई उल्लेख नगरी अमेरिकामा केही बर्ष अघि चलेको ‘अक्कुपाई वाल स्ट्रिट’ आन्दोलनलाई हर्ने र केलाउनेफुर्सदमा