श्रमदिप चौंलागाँइ
परदेशबाट दशैंको सम्झना
भर्खर बर्षात् सकिएर सुरु भएको शरद ऋृतु, वर्षे झरीले सिंचित भएर हरिया र झरिला देखिएका सुख्खा पहाडहरु । बादल हटेर कञ्चन भएको निलो आकाश र वर्षायामभरी कुहिरोभित्र लुकेका टाढा क्षितिजमा देखिने चम्किला हिमालहरु । साँच्चै, खेतका गराहरुमा पँहेलै झुलिरहेका धानका बाला, बारीको कान्लामा रंगीचंगी फुलेका फुलहरु शरद ऋृतुले दशैंको बहार र उमङ्गलाई साथै लिएर आउँथ्यो । खेतीपाती लगाउने वर्षे कामहरु सकेर बाली भित्र्याउने समय अलि नभई सकेको फुर्सदको समयमा आउने दशैं, सबै दुःख पिँडा, पिर व्यथा भुलेर घरपरिवार, टाढा रहेका आफन्त, नातागोता सबै भेटेर खुशीयाली बाँड्ने पर्व दशैं सम्झदै आनन्दफुर्सदमा