श्रीप्रसाद देवकोटा
कोरिया र फेसबुकले रित्तिएको जिन्दगी
राजु सुवेदी कास्की जिल्ला ढिकुरपोखरी गाविस वडा नं.५ का स्थानिय बासिन्दा हुन् । राजुका तीन दाजुभाई थिए । राजु सबै भन्दा ठूला छोरा थिए, १० वर्षका । पेशाले राजुका पिता माध्यमिक तहका नेपाली शिक्षक हुन् र फुर्सदको समयमा गाउँघरका पुजा पाठ उनको वैकल्पिक आम्दानीको पेशा थियो । गाउँघरमा सुवेदी परिवारलाई शिक्षक र गुरुको परिवारको रुपमा निकै सम्मान गरिन्थ्यो । अघिल्लो हप्ता नै आउँदो शनिबारको दिनका लागि राजुका पिताले पुजाका निम्ति पल्लो गाउँको सुपारी लिएका थिए । शनिबार बिहानै सबेरै उठेर नुहाईधुवाई गरि राजुका पिता छाता ओडी पुजाका निम्ति पल्लो गाउँफुर्सदमा