सुनील हान्डा
तीन लधु कथा
(१) व्यापारी एक व्यक्तिले जीवनभर कपडाको व्यापार गर्याे र ऊ सफल पनि भयो । ऊ ७८ वर्षको भइसकेको थियो । उसका दुवै छोराले कारोबार राम्रैगरी सम्हालिरहेका थिए तर ऊ जहिले पनि पसल आएर सबै कुरामा हस्तक्षेप गरिरहन्थ्यो । उसलाई अझै नाफा कमाउने लालसा थियो ।बुवाको व्यवहारबाट आजित भएपछि छोराहरूले पारिवारिक पण्डितलाई बोलाएर आग्रह गरे, “धेरै पैसा कमाउने लोभबाट बुवा बिरामीजस्तो हुनुभयो । उहाँलाई वर्षभरि तीर्थ घुमाउन लैजानुप¥यो तपाईंले । कमसेकम उहाँको ध्यान धनसम्पत्तिबाट हटेर पूजापाठमा त लाग्थ्यो ।” पण्डित सहमत भयो । दुवै तीर्थयात्रामा हिँडे । एक वर्षसम्म उनीहरू बद्रनाथ,फुर्सदमा