सेसे फुङ
जुर्मुराउदै कोरियामा नेपाली साहित्य
जर्मनीबाट सांसारिक जीवन शुरू गरेर अमेरिकामा आफ्नो जीवनको अन्तिम समय बाँचेका प्रख्यात कवि तथा लेखक चार्ल्स बुकोवस्की भन्छन “Without literature, life is hell.” साहित्यको मातले अलिअलि मात्तिन थालेका जो कोहिलाई साहित्य स्वर्गिय आनन्दाभासको अनुभूति लाग्दो हो- मलाई जस्तै गरी । कोरियामा बसेर साहित्यको डोज लाग्दै गरेका साहित्यअनुरागिमा यो मान्यता बढि लागू होला । अक्सर दैनिक कम्तिमा 12 घण्टा जोतिनु पर्ने मजदूर जिन्दगीबाट रमाईलो उत्सवमा साथीभाई भेट गराउने माध्यम मेरो लागि अचेल साहित्य पनि एउटा निहुँ भएको छ । कोरियामा कतै एकल कविता वाचन, गजल साँझ, मुक्तक साँझ र साहित्यिक जमघटकोफुर्सदमा