स्वास्थ्य बिमा
कोरियाको स्वास्थ्य बिमामा नयाँ नियम, करिब ४ लाख प्रवासी प्रभावित हुने
६ महिना वा सो भन्दा बढी समय दक्षिण कोरियामा रहने सबै विदेशीहरूले अब देखि अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । लामो समयसम्म कोरिया बसेर मेडिकल सेवा लिने तर बिमा शुल्क नतिरी जाने क्रमलाई रोक्न सबैलाई बिमा योजनामा अनिवार्य गर्न लागिएको समाचार राज्य चिकित्सा बीमा योजना अधिकारीलाई उदृत गर्दै योनहपले लेखेको छ । राष्ट्रिय स्वास्थ्य बीमा सेवा(एनएचआईएस-NHIS)का अनुसार १६ जुलाई देखि उक्त नियम लागू हुनेछ । जस अनुसार कोरियामा बसोबास गरिरहेका प्रवासी कोरियन लगायत सम्पुर्ण विदेशीहरुले प्रतिमहिना ११०००० वन($93) भन्दा बढी रकम तिर्नुपर्ने छ । हाल यहाँ कामदार भिसामा आउनेफुर्सदमा