हरिभक्त कटुवाल
स्पष्टीकरण
हो राधा ! एउटा सिंगो युगको हिँडाइपछि म यस्तो ठाउँमा आइपुगेर उभिएको छु, जहाँबाट अब एक पाइलो अघि बढ्ने जाँगर मभित्र छैन । अनायास मेरा खुट्टामा अनन्त थकाइ आएर थुप्रिएको छ र यहाँ म जडवत् उभिएको छु । बितेको त्यो युगभरि मलाई लाग्थ्यो— म एक्लै एउटा किरमिर गोरेटो छोड्दै हिँड्न लागेको छु र अनन्त–अनन्तसम्म त्यसरी नै हिँडिरहनेछु । तर, आज मेरो मन भन्छ— अब अघि बढ्ने कुरो बिर्सेर फेरि पछि फर्कूं । आफैंले छोड्दै आएको त्यही गोरेटो मेट्दै–मेट्दै बिसाइदिऊँ जिन्दगीको गह्रुँगो यात्रा । उफ् राधा ! आज ज्यादै थकाइ लागेकोफुर्सदमा