उमेश शेरालुंग
सल्नालमा गरिने सुम्निमा सांगीतिक सौगातको कलाकारको नाम सार्वजनिक
सौल, किराँत राई यायोक्खा दक्षिण कोरियाले सलनालको दोस्रो दिन जनवरी २८ तारिक गरिने सुम्निमा सांगीतिक सौगात भाग(३ सांस्कृतिक कार्यक्रमको पोष्टर गत आईतबार तुङ्गदेमुनमा आयोजित पत्रकार भेटघाटमा सार्बजनिक गरेको छ। किराँत राई यायोक्खा दक्षिण कोरियाले “दीर्घकालीन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ” कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा नेपालबाट चर्चित कलाकारहरु झिकाई सलनालको दोस्रो दिन अर्थात जनवरी २८ मा बृहत् सुम्निमा सांगीतिक सौगात भाग(३ कार्यक्रम गर्ने भएको हो। कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दो सँगै बिभिन्न समस्याहरु पनि बढिरहको छ बिशेष त कम्पनी परिबर्तनको बेला बसको अशुबिधालाई मध्य नजर गर्दै बिरामीफुर्सदमा