एल. वि. श्रेष्ठ
बाउको चिठ्ठि आईपुग्यो कोरियामा
छोरा ठुले, धेरै सम्झना अनि आर्शिवाद ! भगवानको कृपाले तलाई त्यहाँ सञ्चै होला भन्ने आशा गरेको छु । र यता हामीलाई पनि ठिकै छ । यो स्थानिय चुनाव आए पछाडि मलाई ग्यास्ट्रिक अलि बढेको छ । सायद यी नेताहरुको चिल्ला भाषण सुनेर हो कि भन्ने मेरो ठम्याई छ। छोरा, तर चिन्ता नगरेस् । बिस्तारै कम हुदैछ आजकल । यो ठुलो भुकम्प पछाडि गाँउमा खासै मान्छे बस्दैनन्, छोरा । बल भएका लाठेहरु त एकजना देखिदैन । तँ जस्तै धेरैजना परदेश पुगेका छन् । पहिला छोराहरु लाहुर जाने, दूईपैसा कमाउने चाडवाडमाफुर्सदमा