कोसी सलल लिम्बु
बैशालु हेउन्दे र इतर साहित्यका छालहरु
रसियन-सोभियत कवि एभगेनी भन्छन :- “Poetry is like a bird, it ignores all frontiers.” उनका यी उद्गार अरुलाई कस्तो लाग्छ कुन्नि ? तर बुढाले मलाई नै ‘मेन्सन’ गरेर भन्या हुन जस्तो लाग्छ । नेपाली साहित्यमा खरोदरो उठिरहेको पहिचान साहित्यलाई प्रवासबाट मियो थामिरहेका साथीहरु सम्मिलित इतर साहित्य समाज कोरियालाई काँधमा बोकिरहेका दाजु पराजित पोमुको नीम्तो पाएपछि एक हप्ता अघि नै मन कम्पनिको साँघुरो घेराबन्दी तोडन आतुर थियो । उसो त हिजो आज कोरियामा प्रायः सबै कम्पनिले गर्मी विदा दिनुपर्ने समय हो । मेरो कम्पनीमा (संसारकै सबैभन्दा ठुलो पानीजहाज निर्माता (DSME) पनिफुर्सदमा