गणेश पौडेल
एकपटक पुग्नैपर्ने ठाँउ जेजु

नियात्रा परदेश आफैंमा पिडाको पोखरी हो । जतिनै सुख खोज्न भने पनि परदेशमा सुख भन्दा दुखनै धेरै हुन्छ । दिनरात कामले थिचिरहने परदेशमा खुसी र आराम खोज्न महिनौं कुर्नुपर्छ । कतिपल त यस्ता पनी हुन्छन् एकै कोठाको साथी भेटेर संगै खानपिन गर्न पनि चाडबाड नै आउनुपर्छ । यसै बर्षको सेक्टेम्बर १४ देखी १६ तारिक कोरियामा भेटघाटको चाड छुसक परेको थियो । छुसकको अवसरमा ५ दिनसम्म कम्पनि बिदा हुने भएकाले छुट्टीको मौका छोपेर दक्षिण कोरियामा मज्दुरीको सिलसिलमा आईपुगेका अर्थात कर्मथलोमा भेटिएका गोरेटोका सहयात्रीहरू मिलेर दुखसुख साट्न हामी दक्षिण कोरियाकै यौटा सामुन्द्रिकफुर्सदमा
‘यन्त्रमानव’

कोरिया डायरी (कथा) , टिङ टिङ टिङ ….. सधैं झैं आजपनि घन्टी लाग्यो । हुनत आजको घन्टीको आवाज पनि हिजो अस्ति जस्तै हो तर मलाईभने आज अलिक अनौठो लाग्दैछ । उदास र खुुसी भरिएको यौटा बोझिलो दोमनले म सामुन्नेमा अघी भर्खरसम्म आफैंले काम गरेको मेसिनतिर हेर्छु । एकाएक बढ अनौठो देखिन्छ मेसिन । आँखा घुमाएर भित्तातिरको घडिमा हेर्छु । उ आफ्नै बाटोमा कुदिरहेको छ । घडिको कुदाईसङ्गै म तन्द्राबाट बिंउझेझै हुन्छु र एकाएक पुग्छु चार बर्ष दस महिना अघीको परिबेसमा । मलाई पहिलोपल्ट साहुले काममा लगाउनुभन्दा पहिले सामुन्नेको यहि मेसिनफुर्सदमा