गणेश राई
कोरियातिर (नियात्रा)
मंगोलियन सल्लो र आर्यन सल्लो ! सल्लो पनि मंगोलियन र आर्यन ? वाहियात भन्न लाग्छ । खासमा, सामान्य दृश्य घटनाले यो प्रसंग जन्मिएको हो । पंक्तिकार संलग्न नेपाली टोली दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ सँगैको ‘नेसनल फोक म्युजियम अफ कोरिया’ को अवलोकन गर्दै थियो । जंगलमय पुराना दरबार संग्रहालय चहार्दै थियौं । नेपालका जंगलमा झैं सल्लाको रूखहरू प्रशस्त देखिए । तर यताका सल्ला त सुलुत्त परेका हुन्छन्, सुरिलो । तर त्यहाँका सल्ला त होचा रहेछन् । फेरि नेपालमा भएका सल्लाले वरिपरिको जमिनै सुक्खा तुल्याउँछ । त्यहाँचाहिं त्यस्तो देखिएन, सबैतिरफुर्सदमा