गोकुल थोकर
युनिभर्सल सपना
कम्पनीमा नेपालमा घर कोठा बनाउनलाई प्रयोग हुने ‘प्लाई’ झै यता कोरियामा प्रयोग हुने ‘फर्म’को सामान बन्छ । आयातकार दुई तीन मिटर लामो । मोटाइ धेरै हुदैन । एक सय पचासवटाको एउटै ‘पालेट’मा चाङ लाउँदा झन्डै छ फिट अग्लो हुन्छ । यस्ता सामान तयार भएर अर्डर आएको ठाउँमा नलगेसम्मका लागि कम्पनीमा स्टोर गर्ने ठाउँ छन् । बनेको ठाउँबाट स्टोर गर्ने ठाउँमासम्म लैजान फोर्कलिफ्ट अर्थात कोरियन भाषामा चिकेछा भन्ने दुई सिंग भएको डोजर छ । दुईटा सिंगमा पालेटको सामान बोकेर जान्छ । लाईन पारेर राख्छ । एउटा साइजको एउटा लाइन । यसरीफुर्सदमा
बन्न चाहान्छु
बिहान बिहानै सियो नचलाउनु दमाई भइन्छ कस्तो अचम्मको भनाइ हो आमा म कर्मयोगी बन्न चाहान्छु खाली आङ ढाक्न चाहान्छु त्यसैले दमाई बन्न चाहान्छु । फलाममा पानी नराख्नु त्यसलाई पाइन भन्छन् त्यो कामीको काम हो अनि कामी भइन्छ जस्ले मुर्ति बनाउछ मन्दिर भित्र बस्ने जस्ले धेरैका दुःख सुखमा काम लाग्ने हतियार बनाउछ यदि ऊ नहुदो हो त के हुदो हो जीवन ? कस्ले फलाम गाल्दो हो ? कस्ले बनाउदो हो पितलको थाल ? अनि केमा खान्थे यी कामी भइन्छ भनेर भनाई बनाउनेहरु । आमा म कामी बन्न चाहान्छु ।फुर्सदमा
मनिप्लान्ट
भित्री गल्लिको छिडिमा छ कोठा जहाँ हाम्रो संसार भुन्टी र मेरो । एउटा पुरानो प्लास्टिकको बाटा जहाँ फोहोर पानी हालिन्छ एउटा पुरानो प्रेशरकुकर जहाँ दालभात गालिन्छ एउटा पुरानो स्टोभ मट्टितेल झन्डै सकिएर ट्याङ्की माथी उचाल्न टेको लगाएर राखिएको छ । अरु कुरा पनि छन् मेरो संसारमा एउटा पुरानो खाट जस्को खुटा हल्लिएकोले इटाको बन्दिलो खुटा बनाएकोे छु अनि केही थान कपडा छन हामी दुनियाँसँग भेट्दा लाउँछौ कतै केही परे पुरानाहरुको नयाँ लाउँछौ । केही नयाँ बोतलहरु छन् भरखरै कसैले नयाँ नयाँ पेय पदार्थ खाएर खाली गरेर गल्लिमा फालिएका केही बर्षफुर्सदमा
हिउँ
कोरियामा हिउँ नदेख्ने को छ र ? जाडो महिना सुरु भए पछि तुसारो पर्छ । झन जाडो भए पछि हिउँ पर्छ । फुस फुस परि रहन्छ । सुरुमा हिउँ झर्दा भुँईमा जम्दैन । बिलाउँछ पानी बन्छ । धेरै झरे पछि हिउँको चाला आफ्नै छ । अलि अलि जम्न खोज्छ । जम्छ । झन जम्छ । तह तह बन्छ । सबैले पढेकै हो पानी माइनस तापक्रम तिर झरे पछि जम्छ । हिउँ बन्छ । त्यसैले हिउँ परेको बेला तापक्रम चिसो हुन्छ । यता हिउँ फुस्फुसाएको पनि २४ घन्टा पुग्नै लाग्योफुर्सदमा
परदेशी
‘घर छाडेर हिडेपछि सबै परदेशी ।’ बाजे केही कुरा गर्न पर्यो कि यसै भन्थे । ‘म पनि नेपाल गएँ । सात दिन हिडेर । लामुसाँगुबाट तीन दिन लाएर नुन बोकेँ । के के गरिन ? तेरो आनी(फुपू) बलिङमा थिइ । त्यहाँ पनि म गएँ । कम्ता दुःख भएन । पाकेटमारले रेलमा झन्डै नमारेको । मान्छे भए पछि कता कता पुग्नु पर्छ । तर जता पुगे पनि फर्र्केर आफै जन्मेको ठाउँमा आउनु पर्छ । गाउँघर सम्झेर आउनु पर्छ ।’ बाजेले भनेको बलिङ भारतको उत्तराप्रदेशको कुनै ठाउँ हुनु पर्छ । र उनलेफुर्सदमा
नयाँ बर्ष
‘नयाँ बर्ष सुरु भो । अघिल्लो नयाँ बर्षमा खाएका कति कसम पुरा भएन । फेरी नयाँ बर्षमा केही नयाँ कसम तयार छन् । यसपालीको कसम पनि कति पुरा होला ? अहिले नै भन्न मुस्किल छ । खाएका कसम सबै कहाँ पुरा हुन्छन् र ? तैपनि नयाँ बर्षको पहिलो दिन नै के उदास हुनु ?’ ऊ अलि आशाबादी देखियो । हल्का टाउको दुखि रहेको झै लाग्यो । त्यति साह्रै त होइन । उसले उठेर हेर्यो । ऊ सधै सुत्ने ओछ्यानमा थिएन । बोतलहरु लडिरहेका थिए । चुरोटका ठुटाहरु छरिएका थिए ।फुर्सदमा
क्रिसमस इभ
रंगिन बति चम्कि रहेका क्रिसमस ट्रि साइज साइजका छन् । कतै साना छन् कतै अलि अग्लो । चर्को आवाजमा नाइट डान्स क्लव र पपहरुमा गीतसंगीत बजेका छन् । सबै तिर गीत बज्दा शब्द बुझिदैन । चर्को संगीतको धुन मात्र सुनिन्छ । रातको नौ बजेको हुँदो हो । जोडाजोडी चप्किएर हिडेका छन् मानौ ती दुई ज्यान हुदै होइनन् । एक दुई जना जोडी नभाका पनि नशामा छन् आफ्नै दुनियाँमा । मान्छे नै मान्छे छ तर तिनलाई दुनियाँको बाल छैन । सडकमा हिड्नेहरु शान्तक्लजका लुगामा हिडेका छन् । धेरैले टोपी चाहि लगाएकाफुर्सदमा