ङिमा पाख्रिन्
विदेशीले गाए नेपाली गीत
न्युयोर्क, अमेरिका तीन जना अमेरिकनहरुले नेपाली गीत गाएर न्युयोर्क ज्याक्सन हाईटमा उपस्थित नेपाली समुदायलाई चकित मात्रै पारेनन् , वाहवाही लिए अनि तालीको गटगटाहट पनि गुन्जाए । उनीहरु हुन, अालन, पाउल र जेम्स । नेपाली ढाका टोपीमा ठाँटिएर सिमसिमे पानीमा, रेसम फिरिरी जस्ता प्रख्यात गीत उनीहरुले सुनाए । बाँसुरी, सारङ्गी र गीटार बजाउँदै गीत सुनाउँदा उपस्थित धेरै नेपालीले स्वारमा स्वार मिलाएर उनीहरुलाई साथ दिएका थिए । न्युयोर्क स्थित सामाजिक संस्था सिन्धु – युयसए वेलफेयर सोसाईटीले स्थापना देखि हालसम्म गतिबिधिहरुको अपडेट्स गर्ने कार्यक्रममा गत अाईतबार साँझ स्थानिय शेर्पा किदुगको हलमा न्युयोर्क निवासीफुर्सदमा