टेरिसा तामाङ
दक्षिण कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न
दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय समन्वय परिषद (NRNA) ख्यङ्साङ्नाम्दो बुसान साखाको सहकार्यमा धैर्य क्यान्सर फाउन्डेसनले आइतवार (जनवरी ५) उक्त मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियाे । अन्लाइन माध्यम जूम मार्फत भएको कार्यक्रममा काउनसिलिङको कार्य धैर्य क्यान्सर फाउन्डेसनकी फाउन्डर तथा अध्यक्ष टेरिसा तामाङ्ले गरेका थिए । कार्यकमलाई प्रभावकारी बनाउने उद्देश्यले थोरै जनालाई मात्र सहभागी गराएको थियो । सबैको सकृय अन्तर्कृयात्मक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । काउन्सिलर तामाङले कार्यक्रमको अन्त्यमा यस्तो थोरै सहभागितामा पनि कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कतिफुर्सदमा