डाेलु अाले
“नलेखिएको सुसाइड नोट”
“कम्पनी देखि कन्टेनर कोठा, कोठा देखि कम्पनी” कोरिया छिरेको समय देखि उनको अक्सर संसार यहि थियो। इन्छन एयरपोर्ट झरेदेखी तालिम स्थल र तालिम स्थल देखि कम्पनि, कम्पनि बाट एलाइन कार्ड बनाउन इमिग्रेशन आक्कलझुक्कल नजिकैको सानो बजार निस्कँदा देखिने ठाउँ बाहेक उनले करिब ३ वर्षको अवधि पार गर्न लाग्दै गर्दा देखेको कोरिया वश यत्ति थियो। कोरियाको गाउँ, एक अनकन्टार कुना। त्यहि कुनामा साठीसत्तरी वटा जतिको कम्पनि एरिया। नजिकै खेत अनि चिहानहरु। ति खेतमा कतिबेला के लगाउँथ्यो र के फल्थ्यो उनले कहिल्यै चाल पाएनन। जाडोमा कम्पनीको आँगनमा हिउँको थुप्राहरु देखे गर्मीमा कम्पनीफुर्सदमा