दीपा राई
आभाष
प्रिय आँखा तिमीलाई संसारको सबै भन्दा माया गर्छु । तिमी नभएका भए जीवनका सादा र रङ्गिन रंगहरु छुट्याउन सकिदैन थियो मोहीनी रङ्गका मुस्कानहरु शितले भिजेका कोमल फूलहरुमा घामको किरण देखिदैनथ्याे देखिदैनथ्याे एउटा प्रेमको प्रतीक । उभौली उधौलीमा जीवनको शिली नाच्दा नाच्दै मन भित्र मन जोडेर टागि रहेको थियो प्रेमील तान । र कहिले चौतारीमा मनको भारी बिसाऊदै दोबाटोहरुमा भेट्दै छुट्दै देऊरालीहरुमा पाती चढाउदै निश: प्रवाह प्रेमको बदलाबमा माथि माथि उडि रहेको थियो प्रेमको चंगा । मायाको डुङ्गामा बसेर जीवनको किनारबाट बिदाइका हातहरु हल्लनु छितिजको डुब्न लागेको घाम हेर्दै भबिष्यको सुन्दरफुर्सदमा