नारायण माया बोहरा
किन नबनुँ कुमारी आमा म ?
कविता प्रेम गर्छ उ मलाई, र प्रेम गर्नुको आभाष गराइरहन्छ, उ भन्छ “कल्पना गर्छु … कसैले धोका दियो दुई जिउकि बनाएर तिमीलाई … बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे, कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको, कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु, कसरी सहन सकुँला तिमी अबला भएकी ? “ फिस्स हाँस्छ उ, कालो अनुहारमा छिद्र छिद्र परेका, बांगा टिंगा सेता दाँतका लहर चम्किन्छन उसका, मलाई भने, घृणा जागेर आउँछ, उसको हँसाइप्रती, दया लागेर आउछ, उसको प्रेमप्रति, खिन्नता बोध हुन्छ, उसको सोचाइप्रतीफुर्सदमा