बाला राई
मनका धनी मानसिंह
बाला राई छाङवन – गत अप्रिल २५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पले हरेक नेपालीलाई मर्माहित मात्र बनाएन विचल्लीको अवस्थामा पुर्याएको छ । ‘आफ्नो देश विपत्तिमा पर्दा हामी परदेशमा बस्नेहरु कहाँं हाँस्न सक्दा रहेछौं र ?’ विगत एकदशकदेखि दक्षिण कोरियाको थेगु शहरमा नेपाली रेष्टुरेष्ट चलाइरहेको मानसिंह गुरुङ भन्छन् । ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष एवं व्यवसायी गुरुङ आफ्नो परिवार तथा आफन्तजनमा कुनै क्षति नभएपनि भूकम्पबाट क्षतिग्रस्त नेपाल र नेपालीप्रति चिन्तित छन् । भन्छन्, ‘यतिखेर विपदमा परेका नेपाल र नेपालीको सहयोगार्थ देशविदेशमा बस्ने नेपालीहरु एकजुट भएर सहयोगी हातहरु बढाइरहेका छन् । सबैमा यस्तै सहयोगी भावना भयो भनेफुर्सदमा
नेपाली संगीतकी आभा
दक्षिण कोरिया ः जति सरल स्वभावकी छिन् त्यति नै सालिन व्यक्तित्व झल्कन्छ उनमा । मिठो बोली, अनि सुमधुर स्वरकी धनी आभा मुकारुङ नेपाली गीतसंगीत क्षेत्रकी चर्चित गायिका हुन् । २०५४ सालबाट नेपाली गीतसंगीतमा निरन्तर लागिरहेकी गायिका मुकारुङ आफना जादूमय स्वरका कारण हरेक नेपालीको मुटुमा बस्न सफल भएकी छिन् । लोक, आधुनिक, स्वदेशगान, भजन र विभिन्न भाषाभाषीका चलचित्रको गीत गरी तीनसय भन्दा बढी गीतमा स्वर भरिसकेकी आभा भविष्यमा विभिन्न जातजातिको संस्कृति झल्कने गीत गाउने योजना रहेको बताउँछिन् । उनका अधिकांश पूर्वेली लोकभाकाका गीतहरु चर्चित छन् । यद्यपि रामकृष्ण वान्तवाको शब्दफुर्सदमा