बिक्रम सुब्बा
फोटोमा
शंकाको पखेटामा उडिरहेछन् चराहरू अनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेर छपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछ किसिम-किसिमका पराई जहाजहरु समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन् जंगलले छोपिएको शीवपुरी डाँडो आँखा चिम्लेको बहाना गर्दै व्यारेक-बंकर मार्फत एसएलआरका प्वालबाट मानिसका हरेक चाल नियालिरहेछ चुच्चे फुलचोकी पर्वत कुनै पार्टीको धुर्त सदश्यझैँ दाउ हेरिरहेछ चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि दक्षिणतिर चुपचाप बसेको बनियाँ छिमेकीझैँ सब चाल चियाईरहेछ पत्तो छैन कुनबेला काठमाण्डूले मुलुकलाई कुन भीरमा खसाउँने हो तथापी फोटोमा क्या राम्रो देखिन्छ बजिया निरंकुश काठमाण्डू ! भिमसेनको पालादेखि धरहरा आकाश घोचेर दिनभरि घाम खाँदै रातभरिफुर्सदमा