बैरागी माइला
अझै कयौं बर्स दशैहरु परदेश मै बित्नेछ्न
दक्षिण कोरिया, गाउँ छोडी शहर पसेकाहरु झोला बोकि लस्कर लागेर गाउमा आउदा, परदेश तथा लाहुरदेखि गुन्टा र लामो टेप्रीकोट काधमा बोकेर रेडियो घन्काउदै मास्लो घरका कान्छा बा ‘आच्छा लेकिन’ भन्दै घर फर्किदा, वरपरका साथीहरू नयाँ कपडामा सजिदा साच्चै नेपालीहरुको महान चाड बिजया दशमी आएको अनुभुती हुन्थ्यो । दशैं आउनु अघि नै सबै गाउले भेला भएर बाटो खन्ने तथा सरसफाई गर्ने गर्थे । गाउका दिदीबहिनीहरु रातो माटो र कमेरो ल्याएर घर छेप्ने र लिपपोत गर्दे घरलाई टलक्क टल्काउने गर्थे । गाउँ छोडेर शहर बसेका दाजुभाइहरु सबै जम्मा हुन्थे । परदेशबाट दशैफुर्सदमा