मात्रिका नेम्बाड
युगको नयाँ बिनिर्माण
शताब्दी औं भैसक्यो इतिहाँस ढलेको ओढेर आफ्नै सभ्यताको खोल कतिन्जेल सुतिरहन्छौ ओ आदिम भूइमान्छे हो उठ अब,गिज्याइरहेको छ इतिहाँसको पानाहरुले हिँड्नु छ, पुर्खाहरुले हिँड्न सिकाएको बाटो खोज्नु छ, पुर्खाहरुको मेटिएको इतिहाँस उभ्याउनु छ, अस्तित्वको पुर्ण धरहरा र कोर्नु छ, युगको नयाँ इतिहाँस ।। उहिले उहिले यो धरतीको सृष्टि गरेर पोरोक्मी याम्फामी यहीँ फक्ताङलुङको काखमा उत्रिए र मानवलोकको सृष्टि गरे त्यो नै थियो मानव सभ्यताको सबैभन्दा जेठो समाज तिमी त्यहीँ सभ्यताको एक टुक्रा अवशेष हौ र तिमी नै हौ यो ब्रम्हाण्डको सबैभन्दा जेठो मानिस। साक्षी छ, यो मुन्धुमी दर्शन जो सम्पूर्णफुर्सदमा