वाइबि मगर
सलनालमा आँधीखोला सांगीतिक धमाका हुने
सौल, कोरियाको नयाँ वर्ष अर्थात् महान चाड सलनालमा आँधीखोला सांगीतिक धमाका हुने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले अगामि जनवरी २८ तारिकका दिन कोरियाको राजधानी सौलमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको हो । ‘हाम्रो स्याङ्जा, हाम्रो शान स्वास्थ्य क्षेत्रमा गरौं पुण्य काम’ भन्ने मूल नारासहित स्याङ्जा परिवारले आयोजना गर्न लागेको ‘आँधीखोला सांगीतिक सौगात – ५’ कार्यक्रममा नेपालबाट आधुनिक तथा पप गायिका आस्था राउत, लोकदोहोरी गायक शिव परिवार, कृष्ण गुरुङ्, शिव हमाल, आइटम डान्सर एलिसा राई र हाँस्य कलाकार निर आले मगर आउने भएका छन् । कोरियामा रहेका स्थानीय कलाकारहरुकोफुर्सदमा