शकुन अाँसु
लेख्न नसकिएको कविता
मैले लेख्न नसकेको कविताको शीर्षक हो बलात्कार मैले पढ्न नसकेको समाचारको हेडलाईन हो बलात्कार र मैले उच्चारण गर्दा गर्दै जिब्रो लट्पटिएको शब्द हो बलात्कार उ पनि मान्छे उनी पनि मान्छे एउटा मान्छेले, अर्को मान्छेलाई बलात्कार गर्यो र घाँटि निमोठेर मार्यो यो कुन ठुलो कुरा हो र?? तर यो खबर अाम् मान्छेहरुले किन सुन्न सक्दैनन् ? कविहरुले बिषय बनाएर किन कविता लेख्न सक्दैनन्? छोरीहरु किन घरबाट निस्किन डराउँछन्? अामाहरु किन छाेरीकाे लागी डराएर बाँचिरहन्छन् ? यो भयानक ठुलो कुरा हो सोच्नुहोस् एकैछिन् । राम्ररी खुलेर कक्षामा यौन शिक्षा पढाउन नसक्ने गुरुलेफुर्सदमा