शुक्र खिम्बुले राई
श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म
गजल/ श्रम गर्दा बिदेशि भुमिमा हेपिएको मान्छे हु म आफ्नै देश परिवारबाट बेचिएको मान्छे हु म सरकार न आफन्त गरि खावोस भन्दैन देशमा बाध्यताको लौरी देखाइ लखेटिएको मान्छे हु म देशलाई रिमिट्यान्स इच्छा पुरा घरको सबैको गर्दा पनि कुनै इतिहास नलेखिएको मान्छे हु म आफु डुब्दै आशुको भेलमा अरुलाई तार्न पारि रात दिन नभनि प्रदेशमा खटिएको मान्छे हु म देश परिवार सबै परजिबि भए पछि बर्षौ देखि सबैको भोको पेट भर्न बिदेशिएको मान्छे हु म सुन्दर हरैचा मोरङ हाल, दक्षिण कोरिया